नेकपाले धरानमा कर घटाउछु भन्नु कांग्रेसको जित हो : तिलक राई - Crazysaptahik.com

नेकपाले धरानमा कर घटाउछु भन्नु कांग्रेसको जित हो : तिलक राई


क्रेजी साप्ताहिक धरान । मसिर १४ गते हुने निर्वाचनमा जिते नेकपाका उमेदवार प्रकाश राईले कर घटाउछु भन्नु धरानमा नेपाली कांग्रेसको जित भएको नेपाली कांग्रेसका तर्फबाट मेयरका प्रत्यासी तिलक राईले बताएका छन । नेपाली कांग्रेसको धरान नगर सभापति समेत रहेका राईले भने ”नगर कार्यपालीमा रहेको बहुमतको दम्ब देखाउदै गरिब मजदुरहरुलाई करको मारमा नेकपाको सरकारले पारेको र त्यसको हामिले बिरोध गर्दै आएको र हाल निर्वाचनको मुखमा कर घटाउछु भन्ने कुराले काग्रेसको जित भएको छ । “

बुधबार नेपाल पत्रकार महासंघ सुनसरीले मंसिर–१४ गते हुने निर्वाचन लक्षित उम्मेद्वारसंग संवाद कार्यक्रममा पत्रकार र स्थानिय संघ संस्थाको प्रतिनिधिहरुको जवाफमा धरानको बिकास र निकासकालागि कांग्रेस सक्षम रहेकाले यसपालीको चुनाबमा बिजयी भएर जनता साथ लिएर धरानलाई समृद्धि बनाउने बताए । धरानको चाहाना र आवश्यतालाई बुझेर धरानेहरुको धरान बनाउने योजना र धरानलाई धार्मिक, सांस्कृतिक र पर्यटकिय क्षेत्रको रुपमा धरानलाई बिकास गर्ने कांग्रेसको योजना रहेको उम्मेद्वार राईले बताए ।  राईले आफु धराने जनताको साझा उमेदवार समेत रहेकाले जित निश्चित समेत रहेको दाबि गरे । जित पश्चात नगर भित्रको बेतिथि अन्त्य गराएर सामाजिक, सांस्कृतिक र आर्थिक पक्षको बिकास गर्न लागि पर्ने बताए । धरानने जनतालाई पुर्ण शुसासनको प्रत्याभुति गराएर बिश्बनिय ढङ्गले काम कारवाही गर्ने बताए । पत्रकार दिलभुषण पाठकले सहजिकरण गरेको कार्यक्रममा नेकपाका उम्मेद्वार प्रकाश राई, संघिय समाजादीका गजेन्द्र इस्बो, लिम्बूवान लोकतान्त्रिक मञ्चका अम्बरबहादुर लिम्बूले आफ्नो उमेदबारीको कारण, एजेन्डा प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर