आदिवासी जनजातिलाई अधिकार दिने पाटी कांगे्रस हो – खड्ग फागो - Crazysaptahik.com

आदिवासी जनजातिलाई अधिकार दिने पाटी कांगे्रस हो – खड्ग फागो


क्रेजी साप्ताहिक धरान । नेपाली कांग्रेस मोरङ्गका युवा नेता समेत रहेका उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले देशमा रहेका आदिवासि जनजाति, दलित, सिमान्कृत , लोपोन्मुख जातिलाई अधिकार दिने पार्टी नेपाली कांग्रेस रहेको दाबि गरेका छन । देशमा रहेका सबै भाषी, धर्म, लिङ्गको अधिकारलाई सुनिश्चित गर्न कांग्रेसका नेताहरुको योगदान अरु पार्टीका भन्दा एक सय गुणा बढि रहेको समेत उनले बताए ।

धरान–५ को पानवारीमा आयोजित नेपाली कांग्रेसले आयोजना गरेको चुनावी कोण सभामा बोल्दै नेता फागोले २०१५ सालको पहिलो जननिर्वाचित बिपि कोइरालाको सरकारमा गणेशमान सिंह, महेन्द्र नारायण निधि जस्ता नेताहरुलाई मन्त्री बनाएर आदिबादी जनजातिहरुलाइ सम्मान गरेको उनले तर्क गरे । बर्तमानको नेपाली कांग्रेसको केन्द्रीय समितिमा दुई उपसभापति तराई मुलका र कोषाध्यक्ष पनि जनजाति महिला रहेको बताए । आदिबासि जनजाति र नेपाली काग्रेसका बिच गहिरो प्रेम समेत रहेको बताए । आफ्नै उदाहरण दिदै उनले भने म एउटा लिम्बुको छोरालाई नेपाली कांग्रेसले उर्लाबारी नगरपालिकाको मेयर बनाएको छ यो पनि एउटा काग्रेसले आदिबासी प्रति देखाएको सद्भाव हो । कांग्रेसले नै नेपालको पहिलो राष्ट्रपतीको रुपमा आदिबासीको छोरा रामवरण यादाव दियो । धरानमा नेपाली कांग्रेसले मिना सुब्बालाई संघिय सांसद र चन्द्र प्रसाद श्रेष्ठलाई प्रदेस सांसद बनाएर जनजातिलाई सम्मान गरेको छ । उनले भने धरानकै मीन बिश्बकर्मालाई पाटीले केन्द्रीय सदस्य बनाएर संसद र मन्त्री समेत बनाएर दलितलाई सम्मान गरेको छ । तर नेपाल कम्युनिस्ट पाटीले संबिधान आदीबासी जनजातिलाई दिएको समाबेसी सामानुपातिक कोटालाई असमान लोकसेवा बिधेयक ल्याएर कटौती गरेको समेत बताए । त्यहि भएर उनले धरानबासीलाइ कांग्रेसले उम्मेदवार बनाएको जनजातिको छोरा तिलक राईलाई भोट दिएर कांग्रेसलाई पनि एक एक दिएर जिताउन आग्रह गरे । बुधबार आयोजित कोण सभामा धरान कांग्रेसका सचिब श्याम पोखरेले तिलकलाई मत दिएर नगरको बेथिति अन्त्य गराउन आग्रह गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.