क्रेजी साप्ताहिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुस भ्रमणमा निस्किएका छन् । शनिबार अपराह्न रुसी महासंघ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति ज्ञवाली रुसको राजधानी मस्कोतर्फ प्रस्थान गरेका हुन् ।
उनका साथ परराष्ट्रसचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन् ।मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुले विदाइ गरेका थिए ।