लायन्स क्लव अफ पथरीको नवौं पदस्थापना - Crazysaptahik.com

लायन्स क्लव अफ पथरीको नवौं पदस्थापना


भूमिप्रससाद पाठक
मोरङको पथरीशनिश्चरे – १ अवस्थित गोरर्खा डिपार्टभेन्टको समाहलमा सोमबारका दिन लायन्स क्लव अफ पथरीको नवौँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । जसमा प्रथमपटक पथरीशनिश्चरे लायन्स क्लव अफ कानेपोखरी र लियो क्लव अफ पथरीको भएको पदस्थापना कार्यक्रम भएको हो ।

प्रमुख अतिथि समेतरहेका पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार (किशोर) राईले र अन्य अतिथिले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए । सोही कार्यक्रममा टीकाप्रसाद दङ्गालले स्वागत मन्तव्य राखेका थिए भने क्लवका सफल निवर्तमान अध्यक्ष उमेशकुमार खड्काले आफनो कार्यकाल पूर्ण रुपमा सफल बनाउने सबैलाई धन्यवाद दिएका थिए । प्रमुख अतिथिमा नगरप्रमुख दिलीपकुमार (किशोर) राई, अतिथिहरुमा लायन्स क्लव इन्टरनेशल डिष्ट्रिक गभर्नर रेवत बहादुर कार्की सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर इन्द्र खत्री (राजन) पास्ट डिष्ट्रिक गभर्नर लिलाकुमार ढुङ्गेल, डिष्ट्रिक टेर्जरर धिरज गुरुङ एरिया कोर्डिनिटर प्रहर क्षेत्री र पथरीशनिश्चरे नगरपालिकाका नेपाल शिक्षक महासंघका अध्यक्ष अर्जुनकुमार बुढाथोकी, इलाका प्रहरी कार्यालय पथरीमा प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारी लगायत रहेका थिए । सो कार्यक्रममा सन् २०१९्२० को पथरीको अध्यक्षमा बाजा गाजा सहित भव्य कार्यक्रमको बीच रोशन बुढाथोकीलाई पदस्थापना गारिएका थियो । त्यसैगरी, पथरीशनिश्चरेमा मन्जरी घिमिरे, लायन्स क्लव अिफ कानेपोखरीमा कुमार फूयाँल र लियो क्लव अफ पथरीमा एन्जिला पोखरेललाई चयन गरिएको छ । सबै क्लवलाई लायन्स क्लव अफ पथरीले स्पोन्सर गरेको हो ।

लायन्स क्लव पथरीको सन् २०१० मा रामकुमार बस्नेतको नेतृत्वमा स्थापना गरिएको थियो । सोही कार्यक्रममा ४ वटा क्लवका अध्यक्षहरुबाट मन्तव्य राखिएको थियो । मन्तव्य राख्नेहरुमा धिरज गुरुङ रेवत ब.कार्कीले शुभकामना मन्तव्य राखेका थिए, भने तुलसीराम ढकालले धन्यवाद ज्ञापन दिएका थिए । सोही कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार (किशोर) राईले क्लवहरुलाई धन्यवाद दिदँै उनले सहकार्य गर्ने कुरामा प्रतिबद्धता जाहेर समेत गरे । उक्त कार्यक्रमा लायन्स क्लव अफ पथरीमा नगर स्वास्थ्य संयोजक मुरारी आचार्य,पथरी बहुमुखी क्याम्पसमा प्रमुख चेतन पौडेल र भीमप्रसाद ढकालले प्रवेश गरेका छन् । सबै क्लवले नवप्रवेशीहरुलाई डिष्ट्रिक गर्मनर इन्द्र खत्री (राजन) ले सपथ ग्रहण गराएका थिए । कार्यक्रम अन्तिममा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको छ । सोही कार्यक्रमको अध्यक्षता उमेशकुमार खड्का,रोशन बुढाथोकी र मन्जरी घिमिरे र कुमार फूयाँलले गरेका थिए । उक्त कार्यक्रममा सञ्चालन द्धय रोशन बुढाथोकी र उपेन्द्र कँडेलले गरेका थिए ।

सम्बन्धित खवर