क्रेजी साप्ताहिक इलाम । जनताका घरदैलोमै तीन तहका सरकार पुगेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । आज प्रदेश नं. १ को पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा ‘पर्यटकीय महोत्सव’को उद्घाटनमा मुख्यमन्त्री राईले जनताका भावनाअनुसारको काम गर्नका लागि तीन तहका सरकार निर्माण भएकाले अब देश र जनताको हितमा काम हुने बताएका हुन् ।
पर्यटकीय सम्भावनाको हिसाबले प्रदेश नं १ निकै धनी रहेकाले भ्रमण वर्ष–२०२० मा राखेको लक्ष्यअनुसारको पर्यटक भित्र्याउन प्रदेश सरकार सफल हुने मुख्यमन्त्री राईले बताए । सबै नेपालीलाई आ–आफ्नो संस्कृति र धर्म मान्ने अधिकार रहेको भन्दै उहाँले यस महोत्सवले भ्रमण वर्षको स्वागत गरेको उनले बताए ।