रामकुमार बस्नेतले एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने - Crazysaptahik.com

रामकुमार बस्नेतले एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

क्रेजी संवाददाता
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुदैछ । राष्ट्रिय महाधिवेशनमा होमिएका नेताहरू पनि आ–आफ्नो उम्मेद्वारी कुन पदमा दिने भन्ने बारेमा आफ्नो सामाजिक सञ्जालबाट तिव्ररुपमा प्रचार प्रसार गर्दै आइरहेका छन् ।

यस्तै नेकपा (एमाले) १ नम्बर प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत चितवनमा १०–१२ मंसिरमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनको लागि ‘चितवन जाऔं र सफल पारौं’ भनेर आफ्नो सामाजिक संञ्जालमा राखेपछि नेता तथा शुभचिन्तकहरुले केन्द्रीय सदस्यको अग्रिम शुभकामना दिनेको घुईचो लागिसकेको छ । त्यती मात्र होइन विराटनगरमा भएको प्रतिनिधि छनौटमा परे लगत्तै बस्नेतलाई सामाजिक मार्फत् बधाई दिदैं निर्विरोध केन्द्रीय सदस्यको पनि अग्रिम शुभकामना दिइएको थियो ।

बस्नेतको उमेद्वारी किन ?
१. पार्टीलाई युवा पुस्तामा पुर्याउँदै परिवर्तित सन्दर्भ नेतृत्व प्रदान गर्ने ।
२. पार्टी अध्यक्षको समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा प्राप्तीको लागि लड्न ।
३. संगठानात्मक अराजकता र जवज माथिको आक्रमणलाई निस्तेज पार्न ।

स्थानीय तहका युवा पुस्ता, वृद्ध वृद्धाको मन मस्तिष्कमा रहिरहने तथा युवाको रोजाइमा जहिले पर्ने एक अशल नेताको रुपमा परिचित बस्नेतले आफ्नो उम्मेद्वारी केन्द्रीय सदस्यमा दिने घोषणा गर्दै सवै प्रतिनिधिले मत दिएर विजय गराउँन आग्रह गर्नुभएको छ ।

पार्टीमा बस्नेतको योगदान :
उहाँले वि.सं. २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । उहाँ विद्यार्थी जीवनदेखि नै सधैं संगठनको र पार्टीको नेतृत्व गर्दै आउनुभएको छ ।

राजनीति शास्त्रमा स्नाकोत्तर तहसम्म औपचारिक अध्ययन गर्नुभएका बस्नेत विद्यार्थी जीवनको राजनीतिक अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष सम्म हुनुभएको थियो । त्यतिबेला अनेरास्ववियुको मोरङ जिल्ला सदस्य, जिल्ला कमिटी सचिव, अध्यक्ष हुँदै अनेरास्ववियुकै कोशी अञ्चल सचिव हुंदै अध्यक्ष र पूर्वाञ्चल प्रमुख जिम्मेवारी पाउनुभएको थियो ।

यसैगरी अनेरास्ववियुकै केन्द्रीय सचिवलाय सदस्य, प्रचार विभाग प्रमुख र दुई कार्यकाल केन्द्रीय कोषाध्यक्ष हुदै उपाध्यक्षको नेतृत्व गरिसक्नु भएको छ । विद्यार्थी संगठनमा संगठनको कामले अन्तराष्ट्रिय तथा एसियाली विद्यार्थीहरुको विभिन्न कार्यक्रममा अमेरिका, स्पेन, हङकंङ र फिलिफिन्स लगायतको देशमा पुगी सक्नुभएको छ । अन्तरराष्ट्रिय र एशियाली विद्यार्थीको विभिन्न कार्यक्रम उता पार्टी राजनीतिमा तीन कार्यकाल जिल्ला सदस्य, सचिवलाय सदस्य तथा तत्कालिन मोरङ क्षेत्र नं. २ को पार्टी इञ्चार्ज हुंदै तत्कालीन पार्टीको कोशी अन्चल सदस्य हुनुभएको छ ।

राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, पार्टी प्रदेश सदस्य हुदै प्रदेश आर्थिक विभाग प्रमुखको जिम्मेवारी प्राप्त गरिसक्नु भएको छ । नेकपा पार्टी हुँदा प्रेस संगठनको प्रदेश इञ्चार्ज पनि हुँदै १ नम्बर प्रदेशको सरकारको मुख्य मन्त्री शेरधन राईको राजनीतिक सल्लाहकार समेत हुनुभएको बस्नेत निरन्तर र सक्रिय राजनीतिमा संलग्न लागिरहनु भएको छ ।

गत स्थानीय निर्वाचनमा पथरीशनिश्चरेको मेयर पदमा दावी गर्दा पाउने पहिलो उमेद्वार भएपनि उहाँ नेताको भावाना देखाउँदै उहाँले मेयर पदको आकांक्षी नबनी, लोभ नगरी मेयर पदमा आकांक्षी साथीहरूका लागि आफू ब्याक भएर सहमतिका लागि अन्य साथीभाइहरुका लागि मार्गप्रशस्त सहज बनाईदिनु भएको थियो । पार्टीको सभा, सम्मेलन र सार्वजनिक कार्यक्रमहरूमा राजनीतिक, वैचारिक विषयमा आफ्ना कुरा निर्धक्क राख्न सक्ने पथरीशनिश्चरे निवासी उहाँलाई जनता तथा नेता सवैले आश लाग्दो नेताका रुपमा बुझ्ने गरेका छन् ।

सम्बन्धित खवर