कस कसको रोजाइमा छिन् त न्यौपाने ? - Crazysaptahik.com

कस कसको रोजाइमा छिन् त न्यौपाने ?

क्रेजी संवाददाता
विराटनगर । मोरङको सुन्दरहरैंचा ४ की ६५ वर्षीया विष्णुमाया दाहाल आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा जनताका स–साना समस्या बुझ्ने उम्मेद्वारलाई भोट हाल्ने तयारीमा छन् । उनले कस्लाई भोट हाल्ने भनेर पनि एकिन गरिसकेकी छन् ।

‘नेता चिन्न धेरै समय लाग्दैन’, उनले भनिन्, ‘विगत पनि हेरिसकेको हो, वर्तमानमा पनि को कस्तो खालको उम्मेद्वार छ भन्ने कुरा थाहा भइसकेपछि धेरै सोचिरहनुनै पर्दैन ।’ ‘कस्लाई भोट हाल्छु भनेर सबै त नानिलाई भन्दिन, तर प्रदेशसभाका लागि रीता न्यौपान्नेलाई भोट हाल्छु’ उनले भनिन् ।

हाम्रो ६ नम्बर निर्वाचनको क्षेत्रको (क) बाट महिला उठेका छन् भन्ने सुन्ने वित्तिकै आफुले न्यौपान्नेको बारेमो सोधीखोजी गरेको उनले बताइन् । एक त महिला, त्यसमाथि युवा पनि र शिक्षा क्षेत्रमा योगदान दिएको मान्छे पनि भएका कारण आफ्नो ठाउँको समग्रह विकासको लागि आवश्यक उम्मेद्वार भएकाले न्यौपानेलाई भोट दिने मनस्थिति बनाएको उनले बताइन ।

‘आफ्नै गाउँ ठाउँको समस्या बुझेकोलाई भोट दिनुपर्छ’, उनले भनिन्, ‘चुनावको समयमा मात्र आउनेलाई भोट दिएर के गर्नु फेरि फर्केर आउँदैनन्, आफ्नै ठाउँकोलाई भोट दिने हो भने त हामीले पनि आफ्नो समस्या सुनाउन सक्छौ, किन काम नगरेको भन्न सक्छौं, कहिले नआउनेलाई त के भन्ने, त्यही भएर आफ्नै ठाउँकी छोरी, योग्य उम्म्द्वार न्यौपान्नेलाई भोट दिनको हाम्रो क्षेत्रका सबै मतदातालाई आग्रह पनि गर्दछु ।’ कसैलाई गाली नगरी मतदाताले भोटमार्फत को सही को गलत छुट्याउन सक्नुपर्नेमा उनले जोड दिइन् ।

विराटनगर महानगरपालिका ४ का एक युवा नेताले आफूले रीता न्यौपानेलाई सघाउने बताए । फरक आस्था राख्ने भएता पनि आफ्नो क्षेत्रको लागि योग्य उम्मेद्वार न्यौपान्ने नै भएका कारण आफुले उनलाई सघाउन लागेको बताए ।

‘कसैको परिवार उकास्न हामीले भोट दिएर जिताइ दिनुपर्ने ठेक्का लिएका छैनौं’, उनले भने, ‘टुरिष्ट जस्तो आयो अनि मलाई जिताइ दिनु भनेर कस्ले जिताइ दिन्छ, हामीले काम गर्ने नेता चाहिएको छ, जति स्थानीय उमेदवारले आफ्नो ठाउँको समस्या बुझेको छ, त्यति कहिलेकांही आउनेले बुझ्दैन । त्यसैले गर्दा न्यौपान्ने मोरङ क्षेत्र नं. ६ (क) को प्रदेशसभाको योग्य उमेदवार हो ।

उनीहरु मात्र हैन यस क्षेत्रका सबै मतदातामाझ न्यौपान्ने लोकप्रिय उम्मेद्वारको रुपमा परिचित भएकी छन् । लामो समयदेखि शिक्षा क्षेत्रदेखि सामाजिक कार्यमा सक्रिय न्यौपान्ने स्थानीय भएका कारण पनि उनलाई मतदाताबीच परिचित हुन सहज भएको हो ।

युवा पुस्तामाझ लोकप्रिय बनेकी उनी बृद्धबृद्धामाझ पनि लोकप्रिय बनेकी छन् । ६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङ १२ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । १२ वटा क्षेत्रबाट एक मात्र महिला उमेदवार भएका कारण महिलाको भोट आफूलाई आउनेमा न्यौपाने विश्वस्त छिन् ।

क्षेत्र नं. ६ (क) का महिला मतदाता पनि महिलालाई निर्णायक तहमा पुर्याउन र समग्रह विकासको लागि न्यौपान्नेलाई जिताउनुपर्ने बताउँछन् । महिलाले जितेमा भ्रष्टाचार कम हुने र जनताको विकास बढी हुनेमा उनीहरु आशावादी रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.