‘दिगो वन व्यवस्थापनमा अघि बढ्ने’– अध्यक्ष मगर - Crazysaptahik.com

‘दिगो वन व्यवस्थापनमा अघि बढ्ने’– अध्यक्ष मगर

क्रेजी साप्ताहिक
पथरी । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ मोरङ जिल्ला अध्यक्ष काबुलबहादुर मगर (विकास)ले राज्यको नीति अन्तर्गत दिगो वन व्यवस्थापनमा अघि बढ्ने बताउनुभएको छ ।
क्रेजी साप्ताहिकसँगको भलाकुसारीमा विश्व जगतमा नेपालको वनलाई परिचित गराउन वन उपभोक्ता समिति सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘त्यति मात्र होइन, सामुदायिक वनले महिलाको नेतृत्व विकास, सामाजिक विकास, स्थानीय पूर्वाधारको विकासमा समेत सहयोगी भूमिका खेलिरहेको छ । वन हाम्रो लागि मात्र नभएर हाम्रो भावी पुस्ताका लागि पनि उत्तिकै महत्व छ, अधिकार छ । त्यसैले राज्यले तयार पारेको दिगो वन व्यवस्थापन समुदायको हितसँगै भावी पुस्ताको लागि समेत अब्बल नीति रहेको छ ।
मगरले थप्दै जानुभयो–हामीले २२ गते बिहिबार वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ मोरङको बैठक ग¥यांै त्यसमा उपस्थित सम्पूर्ण पदाधिकारीहरुले दिगो वन व्यवस्थापनमा निकै रुचि राखेको पायौं ।
सो बैठकमा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघको प्रदेश अध्यक्ष दिलराम राई, वशन्त हरियाली सामुदायिक वनका सन्तबहादुर राई र होमनाथ सुवेदी, नमूना सामुदायिक वनका भिम देवान, गोपाल श्रेष्ठ, जनसेवा वन उपभोक्ता समूहका भिष्म श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर