नगरद्वारा विपन्नको घर निर्माण तिव्र रुपमा अघि बढायो - Crazysaptahik.com

नगरद्वारा विपन्नको घर निर्माण तिव्र रुपमा अघि बढायो

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा स्थायी बसोबास रहेका विपन्न नागरिकहरुको घर निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको छ ।
जस अन्तर्गत वडा नं. ५ को चुडाकुमारी पौडेल, द्रोपति ऋषिदेव र वडा नं. ६ को नारायण पोखरेलको घर निर्माण लगभग अन्तिम चरणमा पुगेको नगरका सव–इन्जिनियर रन्जित राजवंशीले जानकारी दिनुभयो ।
यसैगरी वडा नं. ७ को लिलामाया आङ्देम्वे, इन्द्रबहादुर लिम्बु, महेन्द्रप्रसाद दाहाल, वडा नं. ४ को देवीमाया लिम्बु, मनकुमार श्रेष्ठ र वडा नं. ३ को धनबहादुर लिम्बुको घर निर्माण कार्य सुरुवात गरिएको छ । यसैगरी नगरका अन्य विपन्नहरुको घर निर्माण कार्य क्रमागत रुपमा लगिने प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।
नगरले असोज १४ गते कार्यपालिका बैठकद्वारा विपन्नको घर निर्माणको लागि विनियोजित बजेट तथा प्राविधिक लागत अनुमान बमोजिम आवास निर्माण कार्य सम्पन्न भएता पनि बस्न उपयुक्त हुने आवास नभएकोले अधुरा रहेका आवासलाई प्राथमिकीकरणको आधारमा रही आ.व. २०८१/८२ मा विनियोजित बजेटबाट पूरा गर्ने र अपुरा रकम आगामी नगर सभाबाट व्यवस्थापन गर्ने निर्णय गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.