
क्रेजी साप्ताहिक धरान । प्रदेश नं १ कै चासोको रुपमा हेरिएको उपमहानगरपालिकाको प्रमुख पदको उपनिर्वाचनमा मा नेकपा र कांग्रेसबीच कडा टक्कर देखिएको छ ।
अहिलेसम्म वडा नं २०, १९ १८ र १७ को ९५५१ मतगणना सम्पन्न भइसकेको छ । चार वटा वडाको गणना सकिदा नेकपाको ४५७४ मत आएको छ भने काङ्ग्रेसको ४५१७ मत आएको छ । कांग्रेसका उम्मेदवारलाई नेकपाका उम्मेद्धवारले ५७ पतले पछाडि पारेका छन्। तेस्रो स्थानमा भने संघीय लिम्बुवान मञ्च भएको छ। लिम्बुवानको मत १ सय ६४ छ भने समाजवादी पार्टीको मत १४३ मात्र रहेको छ। यस्तै, स्वतन्त्र उम्मेदवार हर्कराज राईले १५३ मत ल्याएका छन्। मतगणना जारी छ।

