भूमिप्रसाद पाठक
मोरङको पथरीशनिश्चरे –१ को शिखर चौकमा रहेको श्री पथरी कृषि सहकारी संस्थाको आयोजना गरेको यस क्षेत्रमा किसानलाई आउँदो वर्ष उन्नत जातको बिऊ आलु उपलब्ध गराउने उदेश्यकासाथ सोमवार सम्पन्न भएको छ । सोही नगरपालिका वडा नं–२ को देवीगञ्जका वार्ड कार्यालयदेखि पूर्व दक्षिणमा पर्ने भोजराज सुब्बाको डेढ बिगाहा जमीन भाडामा लिई सोही कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगरपालिकाका प्रमुख दिलीप(किशोर)कुमार राई र नगर कृषि शाखा प्रमुख सावित्रा कार्की तथा अन्य अतिथिहरुबाट पूर्व मूल आलुको बिऊ रोपेर उद्घाटन गरिएको थियो ।
उक्त कार्यक्रमको अतिथिहरुमा वडा नं २ का वडाध्यक्ष यामप्रसाद गुराँगाई नगर जेष्ठ नागरिक संयोजक संस्थाका पूर्व अध्यक्ष नेत्रप्रसाद दाहाल संस्थाका सल्लाहकारद्धय देवीप्रसाद भेट्वाल, युवराज वास्कोटा र समाजसेवी देवराज भण्डारी लगायत रहेका थिए । सो संस्थाको लागि आलुको बिऊ नगरपालिकाले अनुदानस्वरुप ७५ प्रतिशतले पूर्व आलुको मूल बिऊ ३३ सय दानाको २० प्रतिगोटाका दरले दिइएको हो । उक्त कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख दिलीपकुमार(किशोर)राईले भने–‘यस क्षेत्रमा कोल्ड स्टोर निर्माण हँुदै गरेको र उक्त क्षेत्रमा डीपीआर तयार गर्ने टोलीलाई बोलाइसकीएको छ ।’ सोही कार्यक्रमको अध्यक्षता संस्थामा अध्यक्ष हरिराज प्याकुरेले गरेका थिए भने कार्यक्रमको सञ्चालन सोही संस्थाका सचिव टीका दाहालले गरेका थिए । कार्यक्रममा करिब ४० शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । २०६५ सालमा स्थापित सस्थामा ५सयभन्दा बढी शेयर सदस्यको सङ्ख्या रहेको छ ।