क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरेका युवा व्यवसायी अशोक शंकरलाई नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदमा जिताउन समिति गठन गरिएको छ । शंकरलाई जिताउन पथरी जेसिजले अन्तरक्रियाका साथै अशोक शंकर जिताउ अभियान गठन गरेको हो । पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा शुक्रबार पथरी बजारमा अवस्थित गोर्खा डिपार्टमेन्ट भवनको सभाहलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नगरका व्यवसायी, राजनितिकर्मि, समाजसेवी तथा बौद्धिक व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
चितवनको रत्ननगरमा आगामी पुस ९ गते देखि १२ गतेसम्म हुने अधिवेशनबाट युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको लागि लाग्दै आएको अन्तर्रा्ष्ट्रिय संस्था जेसीजको नव कार्यसमिति आउने छ । जसमा शंकरको पनि उम्मेद्धारी रहेको छ । राष्ट्रिय अध्यक्षको लागि उम्मेद्बारी घोषणा गरेको मोरङ पथरीका उर्जाशील युवा अशोक शंकरलाई जिताउन स्थानीय सरकार, उध्योग बाणिज्य संघ, संचरकर्मी, राजनीति दल र सामाजिक संस्थानाका नेताकार्यकर्ताहरु एकतावद्द भएर लाग्ने सो भेलाले निर्णय गरेको छ। अन्तरकृयाले प्रमुख सल्लाहकारमा नगरप्रमुख दिलिपकुमार राई, अभियानका संयोजक अर्जुन बुढाथोकी र नरेश घतानी संयोजकत्वमा आर्थिक समिती गठन भएको छ ।
त्यस्तै सल्लाहकार समितिमा संविधान सभा सदस्य चण्डीप्रसाद राई, नगर उपप्रमुख यमुना विष्ट, १० वटै वाडाका अध्यक्षहरु, दिनानाथ तिम्सिना, केशव दुलाल लगायत रहेका छन् । उनको उम्मेद्धारी जेसीजका लागि मात्र नभइ नगरकै सानको लागि समेत भएको भन्दै नगरप्रमुख राईले सल्लाहकार समितिमा पूर्वी मोरङको ९ स्थानीय तहको प्रमुखहरुलाई पनि राखिने बताए । शंकर जिताउ समितिमा पथरी उध्योग वाणिज्य संघको अध्क्षयक्ष दीपक बस्नेत, मुरारी आचर्य लगायत १०१ सदस्यीय समिती गठन भएको छ । सोही प्रयोजनको लागि नरेश घतानीको संयोजकत्वमा गठन भएको समितिमा तुलशी ढकाल, जानुका भण्डारी लगायत रहेका छन् । प्रचारप्रशारको लागि संचारकर्मीहरु संगठित हुने भएका छन । व्यबसायी अशोक शंकर पथरी जेसीजको संस्थापक अध्यक्ष तथा राष्ट्रिय उपाध्यक्ष भइसकेका युवा हुन् ।
- अशोक पथरीशनिश्चरे नगर, मोरङ जिल्ला र १ नम्बर प्रदेशको मात्र नभइ नेपालकै साझा सम्पती बन्न लायक भएको अन्तरक्रियामा उपस्थित सहभागीहरुले बताए ।निर्वाचनमा नेपालमा रहेका १५० साखाहरुबाट एक हजार सात सय मतदाता रहेका छन् । आफ्नो उमेदवारलाई भोट माग्न अशोक शंकरको टोलि २५ दिनमा मेचीदेखि महाकालीसम्म १४० साखा भ्रमण गरिसकेको सहभागी दिपेन्द्रराज तिम्सिनाले बताए ।