पथरीशनिश्चरे इ रिक्सा प्रा.लिको उद्घाटन - Crazysaptahik.com

पथरीशनिश्चरे इ रिक्सा प्रा.लिको उद्घाटन


क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा ‘इ रिक्सा प्रा.लि’ को उद्घाटन गरिएको छ । शुक्रबार नेपाली काङग्रेसका नेता तथा पूर्व महाधिवेश प्रतिनिधि केशव दुलालले प्रा.लिको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका दुलालले पथरीशनिश्चरे इ रिक्सा प्रा.लिमा आबद्ध मजदुरका समस्यालाई नेपाली काङग्रेसले सम्बोधन गर्ने प्रतिबद्धताका साथ शुभकामना दिएका थिए ।

पथरीशनिश्चरेमा रहेको इ रिक्सा र कर्मचारीको संगठनले लेवि र रिन्यूका लागि भन्दै मनपरी रकम असुलेकाले चालकहरु आजित भएको त्यहाँ उपस्थित चालकहरुको गुनासो रहेको थियो । पथरीशनिश्चरे इ रिक्सा प्रा. लि. को उद्धघाटन गर्दै दुलालले यदि राज्य लागेन भने नेपाली काङग्रेस सधै मजदुरको पक्षमा रहने बचन दिएका थिए । पथरी शनिश्चरे नगरपालिका भित्र संचालनमा पथरीशनिश्चरे इ रिक्सा प्रा. लि. का १५० जाना अटो इ रिक्सा संचालकहरु एक जुट भै संगठीत भएका छन । कार्यक्रममा नेपाल यातायात मजदुर संध मोरङका जिल्ला अध्यक्ष बाबुराम कट्टेलले सेवामुखी भएर सेवा प्रदान गर्न यातायात मजदुर चालकलाई अनुरोध गरे ।

कार्यक्रममा बोल्दै नेपाल यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष हरी थापाले नेपाल ट्रेड यूनियन अन्तर्गतका संगठनमा आबद्ध मजदुरको समस्यामा सदैब सरसहयोग र निती नियम र कानुनी अप्ठ्यारा पाटामा नेपाल यातायात मजदुर संघले परामर्स गर्दै अगाडी बढ्ने बताए । पथरी शनिश्चरेका अटो इ रिक्सा ब्यावसायीहरु लामो समय देखि कानुनी पाटो र संगठनको समस्यामा पर्दै आएको र अन्य संगठनले दर्ता र लेबिका नाममा मनपरी रकम असुल्ने गरेकोले संगठीत हुनु परेको पथरीशनिश्चरे अटो इ रिक्सा प्रा.लि का अध्यक्ष महेन्द्र गौतमले बताए ।

सम्बन्धित खवर