क्रेजी साप्ताहिक पथरी। नेपाली काङग्रेसका महामन्त्री डा. शसांक कोइरालाले पार्टीका नेता तथा कार्यकर्तामा भएको आपसी तिक्तता त्याग्न सके नेपाली काङग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् । जीपी कोइराला अध्ययन केन्द्र जिल्ला कार्यसमिति मोरङको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको “नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका” विषयक आमसभामा बोल्दै कोइरालाले उत्त कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट सरकारलाई दुई तिहाई दम्भ त्याग्न आग्रह गर्दै दुई तिहाईको सरकार भएपनि जनताको मनमा बस्ने गरि कुनै काम गर्न नसकेको बताए । ‘यो सरकारले के नयाँ योजना तर्जुमा गरेको छ, एउटा योजना देखाईदिनुहोस, दुई तिहाईको दम्भ भएको सरकारले एउटा पनि राष्ट्रीयस्तरको योजना तर्जुमा गर्न सकेको छैन, बरु कांग्रेसको शासन गर्दा धेरै परिवर्तन ल्याएको छ । कोईरालाले भने, ‘ विकास र परिवर्तनको हिसावले २०४८ देखी ०५१ साल सम्मको गिरिजाप्रसाद कोईरालाको सरकारलाई स्वर्ण युग भन्न सकिन्छ।’
सञ्चार माध्यमको विकाससँगै जनताको हातमा मोवाईल, विश्वविद्यालयको विस्तार गरि १२ बटा विश्वविद्यालय पुर्याउने, एउटा मात्र मेडिकल कलेजबाट २० बटा मेडिकल कलेज गिरिजाप्रसाद कोइरालाको नेतृत्वको कांग्रेसले गरेको उनले बताए। कोइरालाले भने, ुम डाक्टर मान्छे मैले पढेर आउँदा मेरो रजिष्ट्रेसन नम्बर ४७ सालमा ९४९ थियो, एक हजार डाक्टर थिएनन्, आजको मितिमा ४० हजार डाक्टर छन्, यो सबै परिवर्तन कांग्रेसले लिएको नीतिका कारण सम्भव भएको हो।
गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा ७ हजार किलोमिटर मात्र पिच थियो, आज ९० हजार किलोमिटर बाटो पिच भएको छ,ु उनले भने ‘ यस्तो युगान्तकारी परिवर्तन ल्याउने कांग्रेस आज पछि पर्नु परेको छ। सरकारले पानीजहाज र रेलको हावादारी कुरा ल्याएको भन्दै उनले खेतियोग्य जमीन हराभरा बनाउने र सचाईको योजना बिर्सिएको बताए। ुखेतियोग्य जमिन बाँझो छ, उब्जनी छैन, युवाहरु विदेश छन्, निर्यात गर्ने कुरा केहि छैन, हाम्रो सरकार रेलको र पानी जहाँजको सपना देखाउनुहुन्छ, यो सपना अब जनताले पत्याउनेवाला छैनन्,ु उनले भने, ुयस्तो हावादारी गफ अब नदिए हुन्छ।
नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरा कुनै पार्टीको एजेण्डा नभई जनमत संग्रहबाट हुनुपर्ने उनको भनाई थियो। मलाई साथीहरुले हिन्दु राष्ट्रको कुराबारे सोध्नुहुन्छ, यो बिषयमा मैले डिसिजन दिने होईन्, उनले भने‘ कांग्रेसको चार मध्ये एक तारा धार्मिक स्वतन्त्रता हो । धर्म भनेको स्वन्तत्र हुनुपर्छ । कांग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको उल्लेख गर्दै महामन्त्री डा कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताए। उनले भने ‘पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन, कांग्रेस फेरि ठूलो पार्टी हुन्छ ।’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा मिलेन्द्र रिजालले सरकार संविधानलाई कमजोर बनाउन लागिरहेको आरोप लगाए। उनले भने,‘सरकारले दुई तिहाई पाए पनि जनताले न्याय पाउन सकेका छैनन।’ रिजालले कोहलपुरमा विद्यार्थी माथि सरकारले दमन गरेको भन्दै सरकारको आलोचना गरे। कार्यक्रममा बोल्दै गत प्रतिनिधिसभाका यस क्षेत्रका उम्मेद्धार समेत रहेका काग्रेस नेता डाक्टर सुनिल शर्माले आफुले यस क्षेत्रका अति विपन्न गरिव विरामिलाई निःशुल्क स्वास्थ्य सेवा तथा जनतालाई सेवा गर्दा कम्युनिश्टको टाउको दुख्न थालेको बताए ।
जीपी कोइराला अध्ययन केन्द्रका अध्यक्ष सुविन पराजुलिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा र अन्य पार्टी परित्याग गरि २ दर्जन भन्दा बढी कार्यकर्ता कांग्रेस प्रबेश गरेका थिए।