मेयर राईलाई भेट्न डा.सुरेन्द्र केसी धरानमा, दिए सफलताको शुभकामनात्र - Crazysaptahik.com

मेयर राईलाई भेट्न डा.सुरेन्द्र केसी धरानमा, दिए सफलताको शुभकामनात्र


क्रेजी साप्ताहिक धरान ः नवनिर्वाचित मेयर तिलक राईलाई राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले धरान आएर राजनैतिक आग्रह पुर्वाग्रह नराखी जनअपेक्षित काम आग्रह गर्दै कार्यकालको सफलताकालागी शुभकामना ब्यक्त गरेका छन ।

धरान –८ का मतदाता बिच धन्यबाद ज्ञापनकालागी घरदैलोमा रहेका मेयर तिलक राईलाई भेट्न डा.केसी घर दैलोमै पुगेका थिए । कम्युनिष्टको गढमा पहिलो पटक नेपाली कांग्रेसका उम्मेदवारको रुपमा बिजयी भएका राईलाई बधाई तथा शुभकामना दिन शनिवार काठमाडौंबाट धरान आएका डाक्टर केसीले देशभर तिलक राईको चर्चा भएका सुनेर आफुलाई तिलक कस्ता ब्यक्ति रहेछन भनेर कौतुहलता जागेर प्रत्यक्ष भेट्न धरान आएको बताए । उनले मेयर पद साझा पद भएकाले राजनैतिक दलका आधारमा पक्षपात नगरी नगरबासीको हितका कार्य गर्न राईलाई सल्लाह समेत दिए ।

डाक्टर केसीलाई धन्यवाद दिदै मेयर राईले जनतामाझ सेवकको रुपमा कार्य गर्ने बताउदै धरानको विकासमा राजनिती नगर्ने र गर्न पनी नदिने बताए । उनले बिकास निर्माणको काम जनतासंग मिमिजुलि काम गर्ने बताउदै स्थानिय सरकारमा पक्ष बिपक्ष नहुने बताए ।  मंसिर १४ गते सम्पन उपनिर्वाचन बाट धरानको मेयरमा निर्वाचित भए पछि परिवर्तनको पक्षधर राई बिजयी उत्सवको रुपमा मतदातामाझ धन्यवाद ज्ञापन गर्न धरदैलोमा ब्यस्त छन । ३० गते सम्म रहेको धन्यवाद कार्यक्रममा राई टोल टोलमा घर घरमा पुगि रहेका छन ।

सम्बन्धित खवर