प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज सपथ लिने - Crazysaptahik.com

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज सपथ लिने


क्रेजी साप्ताहिक काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण आज मात्र गर्नेभएकी छिन् । उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ ।

मंसिर १४ गते सम्मपन्नि उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएकी थिइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई हराएकी थिइन् । तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।

सम्बन्धित खवर