क्रेजी साप्ताहिक । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको भएको छ । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रि–ट्वीट भएको हो ।
भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट सो विवादास्पद ट्वीट रि–ट्वीट भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरको पासवर्ड दुरुपयोग गरेर रि–ट्वीट भएको बताएका छन् ।
पूर्वेली न्यूजबाट