सदनलाई गोकर्ण रिसोर्टबारे जानकारी गराउन नेकपा सांसदको माग - Crazysaptahik.com

सदनलाई गोकर्ण रिसोर्टबारे जानकारी गराउन नेकपा सांसदको माग


क्रेजी साप्ताहिक काठमाडौं । गोकर्ण रिसोर्टबारे सदनलाई यथार्थ जानकारी दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा, मुख्य सचेतक खिमलाल भट्टराईले सरकारसँग माग गरेका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले रिसोर्टसँगै नारायणहिटी दरबार अगाडि रहेको नेपाल ट्रष्टको जग्गालाई लिएर सरकारको आलोचना भइरहेको बताए । उनले भने, ‘आलोचना र विवादबाहिर आइसकेपछि स्पष्ट पार्नु सरकारको कर्तव्य हुन्छ । त्यसैले सरकारको तर्फबाट यो विषयमा सदनलाई जानकारी गराइयोस् ।’ सरकारले हालै मात्र गोकर्ण रिसोर्ट भएको जग्गा यती समूहलाई दिने सम्झौताको म्याद थप गरेको थियो । पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल टष्ट्रको कानून संशोधन गरेर यो निर्णय भएको हो । यस्तै नेपाल ट्रष्टमातहत रहेको दरबारमार्गको जग्गा पनि कौडीको भाउमा यती समूहलाई दिएको भन्दै अहिले सरकारको आलोचना भइरहेको छ ।

सम्बन्धित खवर