जनताको मन जित्न सक्ने काम गरे परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन– नेम्बाङ - Crazysaptahik.com

जनताको मन जित्न सक्ने काम गरे परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन– नेम्बाङ

गोबिन ल्वागुन
पाँचगाछी । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका संसदीय दलका उपनेता सुुवासचन्द्र नेम्बाङले जनताको मन जित्न सक्ने काम गर्न सके कुनै पनि परिवर्तनको लागि आन्दोलन गर्न नपर्ने बताउनुभएको छ ।

सोमबार झापाको शिबसताक्षी ४ बोलोचौकमा अवस्थित सालमारामा निर्माणधीन झापा इनर्जी लिमिटेड आयोजनाको सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुुरा बताउनुुभएको हो । नेम्वाङले झापामा सुरु भएको उर्जा उत्पादन आयोजना अत्यन्तै राम्रो कामको थालनी भएको बताउनुुभयो । नेम्बाङले सौर्य उर्जा उत्पादनका दृष्टीले नेपाल उत्तम राष्ट्र भएकाले आयोजना सफल हुने बताउनुुभयो । उर्जामा लगानी सबैका लागि मुनाफा र राष्ट्रका लागि योगदान हुने नेता नेम्वाङको भनाई थियो । नेता नेम्वाङले उर्जा उत्पादन क्षेत्रलाई आन्तरिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुुभयो ।

उहाँले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई सहाकार बनाउनको लागी सबै नगरिक एकजुट हुनुुपर्ने बताउदै उर्जा क्षेत्रको लगानीले देश समृद्ध तर्फ उन्मुख हुने बताउननुुभयो । सो अवसरमा उहाँले पनि ५ लाख को सेयर खरिदको घोषण गरि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । फरक प्रशंगमा नेता नेम्बाङले दमक चिसापनी रबी सडक र राँके भेडेटर सडकले चाडै पुर्णता पाउने बताउनुभयो । झापा इनर्जी १० मेगावटा क्षमता बिद्युुत उत्पादन संगै अनन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउने लक्ष्य सहित ३० बिघा क्षेत्रफलमा निर्माण हुने झापा इनर्जी लिमिटेडका अध्यक्ष लालप्रसाद सावाँले बताउनुभयो ।

हाल २१ बिगाह ७ कठा १९ धुर जमिन संस्थाको नाममा आइसकेको र अन्य आउने प्रक्रियामा रहेको बताइएको छ । ३ बर्ष अघि दर्ता भएको झापा इनजी लिमिटेड सिलन्यस भएको मितिले १५ महिनामा निर्माण सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमा जडान गरि उत्पादन शुुरु गर्ने अध्यक्ष लालप्रसाद साँवाको भनाइ छ । आवश्यक प्रक्रिया पुरा गरेर अब निर्माणको काममा लागेको कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बुले जानकारी दिनुुभयो । वहाका अनुसार सौर्य उर्जाको आयोजनाबाट १० मेगावाट उर्जा उत्पादन हुनेछ । ग्रिडमा आवद्ध सौर्य उर्जा आयोजनाको निर्माण सम्पन्न गर्नलाई ७९ करोड लागत लाग्ने साँवाको भनाई छ । नागरिकको तर्फबाट २० करोड र बाँकी रकम माछापुच्छ्रे बैंकको कर्जा लगानी हुने बताइएको छ । झापामा निर्माण थालनी भएको आयोजना प्रदेश १ कै पहिलो र ठुलो भएको दावी गरिएको छ ।

झापालीहरुको अगुवाईमा झापामै केही काम गर्न सो आयोजनाको परिकल्पना गरिएको र अर्को वर्षबाट उत्पादन थालनी गरिने बताइएको छ । सौयै उर्जा उत्पादनका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया समेत पुरा भइसकेको जनाइएको । नेपालमा सौर्य उर्जाबाट हालसम्म २९ मेगावाट विधुत उत्पादन भइसकेको छ भने भापा इनर्जीको उत्पादनपछि ३९ मेगावाट पुग्नेछ ।
विद्युतको बढ्दो मागलाई ध्यानमा राख्दै २५ वर्षका लागि शिवसताक्षीमा उर्जा उत्पादनको काम धमाधम अघि बढाइएको हो ।

सम्बन्धित खवर