कानेपोखरीमा अनेरास्ववियुको गाउँ भेलासंगै कमिटीको निवार्चन सम्पन्न - Crazysaptahik.com

कानेपोखरीमा अनेरास्ववियुको गाउँ भेलासंगै कमिटीको निवार्चन सम्पन्न


कानेपोखरी–
मोरङको कानेपोखरी गाउपालिकामा अनेरास्ववियुको प्रथम गाउ भेला संगै गाउँ कमिटिको निवार्चन सम्पन्न भएको छ । घनश्याम बिश्वकर्माको अध्यक्षयतामा ३१ सदस्य गाउँ कमिटीमा सर्वसम्मत चयन भएको हो ।

निवाचित समितिमा अध्यक्ष घनश्याम बिश्वकर्मा, उपाध्यक्ष लक्षम पुरी, सचिव रबिन रिजाल, सह–सचिव रिता सापकोटा, सह–सचिव आयुस राई, सह–सचिव सपना राजवंशी, कोषाध्यक्ष सुस्मिता पैडेल लगायत ३१ सदस्य चयन भएका हुन ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एबम् मोरङ जिला इन्चार्ज अनिल कार्की, अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य आरती भट्टराई, नेकपा एमाले कानेपोखरी गाउपालिका अध्यक्ष सुशिल बुढाथोकी, लगातको उपस्थिति रहेको थियो ।

निवार्चित समितीलाई कार्कीले सफत ग्रहण गराएका थिए भने भट्टराईले कमिटि गोसणा गरेकी थिईन् ।

 

 

सम्बन्धित खवर