टोल–टोलमा नेकपा एमाले, वडा नम्बर ९ को ३ नम्बर टोल कमिटी गठन - Crazysaptahik.com

टोल–टोलमा नेकपा एमाले, वडा नम्बर ९ को ३ नम्बर टोल कमिटी गठन

क्रजी साप्ताहिक
पथरीशनिश्चरे–
गाउँ गाउँमा एमाले अभियान अन्तर्गत बिहीबार नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ को ३ नम्बर टोल कमिटी गठन गरिएको छ । अमर राईको अध्यक्षतामा आज टोल कमिटि गठन गरिएको हो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य जीवन खतिवडाको प्रमुख आतिथ्यमा, अतिथिहरु नेपाल लोकतान्त्रिक धिमाल संघका महासचिव भुवन धिमाल, नगर कमिटि सदस्यहरु खरिन्द्र धिमाल र ललिता कार्की, नेकपा एमाले पथरीशनिश्चरे वडा न.९ का सचिव मदन अधिकारी र उप सचिव कुमारी माझी तथा स्थानीय बुद्धिजीवी चन्द्रकान्त भट्टराई उपस्थित थिए ।

कार्यक्रममालाई वडाका उपाध्यक्ष चन्द्रकला कार्किले संचालन गरेकी थिईन् । आजको टोल भेलाले अमर राईको संयोजकत्वमा १३ सदस्यीय टोल कमिटी सर्वसम्मत चयन गरेको हो । जसमा सचिव गायत्रीमान कार्की, सदस्यहरु क्रमशः निर्मला राई, पार्वती राय, विमल खड्का, विनोद तामाङ, रिना धिमाल, अस्मिता धिमाल, तारा लुइँटेल, दिनेशकुमार धिमाल, सीता बिक, दिपक कार्की र यमुना राईलाई सर्वसम्मत चयन भएका हुन् ।

सम्बन्धित खवर