नेकपा एमाले वडा नम्बर १ को ३ नम्बर टोल कमिटी गठन - Crazysaptahik.com

नेकपा एमाले वडा नम्बर १ को ३ नम्बर टोल कमिटी गठन


भूमिप्रसाद पाठक/क्रेजी साप्ताहिक
पथरीशनिश्चरे–
गाउँ गाउँमा नेकपा एमाले अभियान अन्तर्गत शुक्रबार नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ को ३ नम्बर टोल कमिटी गठन भएको छ । आज शुक्रबार नेकपा एमाले पथरीशनिश्चरे १ नम्बर वडालेको ३ नम्बर कमिटिमा १८ जना सदस्यीय कमिटि गठन गरेको छ ।

.गठित टोल कमिटिमा अध्यक्ष विष्णु कार्की, उपाध्यक्ष लक्ष्मी सुवेदी, सचिव तेजपाल थापा, उपसचिव द्वय पार्वता बिष्ट र रुद्र न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः रामकुमार श्रेष्ठ, विष्णुमाया घिमिरे, दिवस खडका, गोपालबहादुर कट्वाल, खेमप्रसाद पौडेल, दुर्गा न्यौपाने, टंक बस्नेत, मोहन कार्की, लिला गौतम, मिना बिष्ट, मिरा कार्की, साबित्रा खड्का र गंगादेवी भट्टराई सर्वसम्मत चयन भएका हुन ।

कार्यक्रममा नेकपा एमालेका अर्जुन क्षेत्रीको प्रमुख आतिथ्यतामा, अनेमा संघकी नगरअध्यक्ष रुद्रकुमारी गिरी, नेकपा एमाले नगर सचिवालय सदस्य रोशन बुढाथोकी, पथरी शनिश्चरे नगरपालिका १ नम्बर वडा सदस्य ईन्दिरा सुन्दास उपस्थित थिए ।

सरस्वती गेस्ट हाउसमा सम्पन्न कार्यक्रममा नेकपा एमाले १ नम्बर वडा कमिटि उपाध्यक्ष देवी राईले स्वागत मन्तव्य राखेकी थिइन् । वडाका सचिव सुनिल खत्रीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रदिपकुमार राईले गरेका थिए ।

सम्बन्धित खवर