नगर प्रमुखद्वारा सामुदायिक चमेना गृहको शिल्यान्स - Crazysaptahik.com

नगर प्रमुखद्वारा सामुदायिक चमेना गृहको शिल्यान्स

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले स्व. धनबहादुर एमेङ लिम्बु स्मृति सामुदायिक चमेना गृहको शिल्यानास गर्नुभएको छ ।
आज पथरी शनिश्चरे–१० मा स्थापित सिरीजंगा स्मृति धार्मिक वन परिसरमा नगर प्रमुख तुम्वापोले चमेना गृहको शिल्यास गर्नुभएको हो । उर्लाबारी–९ निवासी स्व. धनबहादुर एमेङ लिम्बुको परिवारले निजी सौजन्यमा सामुदायिक चमेना गृह निर्माण गर्ने भएको हो । चमेना गृहको लागत १० लाखको हुनेछ । वनका लेखा संयोजक धनप्रसाद साँवा लिम्बुले चमेना गृहको निर्माणको बारेमा विस्तृत रुपमा जानकारी दिनुभएको थियो ।
शिलान्यास कार्यक्रममा सिरीजङ्गा स्मृति धार्मिक वनका अध्यक्ष डम्बर चोङबाङ, वडा नं. १० वडाध्यक्ष जीवन खतिवडा, वडा नं. १ का अध्यक्ष भीम राई, वनका निवर्तमान अध्यक्ष गंगा साँवा, सव डिभिजन वन कार्यालयका प्रदिप कुँवर, वनका सल्लाहकार गोविन्द वनेम, लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर