पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन - Crazysaptahik.com

पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित पथरी नगर अस्पतालमा आइतबार आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको छ ।
पथरी शनिश्चरे नगरपालिका तथा विराटनगर आँखा अस्पतालको साझेदारी कार्यक्रम अन्तर्गत पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी र नगर प्रमुख मोहनप्रसाद तुम्वापोले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
नगर अस्पताल व्यवस्थापन समितिका सदस्य तथा वडा नं. २ वडाध्यक्ष नैना राईले स्वागत मन्तव्य राख्नुभएको थियो । यसैगरी कार्यक्रममा विराटनगर आँखा अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा. रक्षा पन्तले उपचार केन्द्रले दिने सेवाहरुका बारेमा विस्तृत कुराहरु राख्नुभएको थियो । कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर) र नेपाली कांग्रेसका नगर सभापति रुपनारायण भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै नगर उप–प्रमुख देविमाया काफ्ले, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर