मनकामनाको अध्यक्षमा पुनः उदय राई (दिनेश) - Crazysaptahik.com

मनकामनाको अध्यक्षमा पुनः उदय राई (दिनेश)

क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः उदयकुमार राई (दिनेश) अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
राई समूहमा दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् । यसैगरी आज भएको १५ औं चुनावी साधारणसभाबाट उपाध्यक्षमा जंगबहादुर राई, सचिवमा सन्तमाया शेर्पा, सह–सचिवमा मोहनकुमार श्रेष्ठ, कोषाध्यक्षमा मञ्जु लिम्बु सर्वसम्मत चयन भएका हुन् ।
यसैगरी सदस्यहरूमा प्रेम तामाङ, यामबहादुर लिम्बु, चुनादेवी गुरुङ, यर्मिया लिम्बु, झलक गुरुङ, मन्दिरा नेपाली, धनप्रसाद पन्धाक, लिलामाया मगर, श्रीमाया इङ्नाम र कल्पना विक चयन भएका हुन् ।
लेखा समितिको संयोजकमा यामबहादुर लिम्बु, सदस्यहरुमा चित्र साँवा, इक्सा यवा चयन भएका छन् । निर्वाचित पदाधिकारी सदस्यहरुलाई निर्वाचन समितिको संयोजक प्रदिपकुमार राईले गोपनियताको सफत खुवाउनुको साथै निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए ।
सधारणसभा उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भीमकुमार राईले मनकामना सामुदायिक वन नगरकै उत्कृष्ट बनाउन शुभकामना दिएका छन् ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश समिति महासचिव रेनुका दाहाल, सदस्य अग्नी पौडेल, जिल्ला उपाध्यक्ष मदन पोख्रेल, पथरीशनिश्चरे नगर अध्यक्ष मैनादेवि आचार्य, पथरी सव डिभिजन वन कार्यालयका रेञ्जर प्रदिप क्षेत्री, चौतारी सामुदायिक वन उपभोक्रा समूहका अध्यक्ष टंकप्रसाद लिम्बू लगायतले शुभकामना दिएका थिए ।

सम्बन्धित खवर