शान्तिको चुनावमा आईबी राई नेतृत्वको उम्मेद्वारी घोषणा - Crazysaptahik.com

शान्तिको चुनावमा आईबी राई नेतृत्वको उम्मेद्वारी घोषणा

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको चुनावका लागि ईन्द्रबहादुर राई (आई.बी.) नेतृत्वको उम्मेद्वारी घोषणा भएको छ । आज पथरी शनिश्चरे १ को नर्वदेश्वर मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गरिएको हो ।
शान्ति सामुदायिक वनको निर्वाचन यही मंसिर २३ गते हुँदैछ । निर्वाचनमा उठ्नका लागि तयार यो प्यानललाई ‘साझा स्वतन्त्र प्यानल’ नामाकरण गरिएको छ ।
यसैगरी यो प्यानलको उपाध्यक्षमा सुनमाया तामाङ, सचिवमा दानबहादुर बोहरा, सह–सचिवमा सीता धिमाल, कोषाध्यक्षमा सुभद्रा बिष्टले उमेद्वारी दिने भएका छन् । सदस्यहरुमा क्रमशः सरिता राई, बन्दना कटेल, अम्बिका लिम्बु, चित्रकला राई, सोमराज राई, मिलन राई, सन्तोष गुरुङ, रोशन हाङ्बाङ, दिलकुमारी लिम्बु र रेणुका दर्जी रहेका छन् । यस्तै लेखा समितिको संयोजकमा राजेन्द्र भण्डारी, जोन सुब्बा लगायत रहेका छन् ।

उमेद्वारी घोषणा कार्यक्रममा अध्यक्षको उम्मेद्वार ईन्द्रबहादुर राई (आई.बी.)ले यो प्यानलले विजयपछि शान्ति सामुदायिक वनमा विकृतिको अन्त्य गर्ने सुझाएका छन् ।
पुरानो समितिले गर्दै आएको अपुरो, अधुरो काम पूरा गर्ने र आफ्नो नेतृत्वले जितेपछि आर्थिक पारदर्शी गर्ने सुझाए ।

सम्बन्धित खवर