
क्रेजी संवाददाता
पथरी । श्रम संस्कृति पार्टी पथरी शनिश्चरे नगर कमिटीले विशाल आमसभा, संगठन सुदृढीकरण तथा पार्टी विस्तार कार्यक्रम आयोजना गर्ने भएको छ ।
आज पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत् भोलि हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको हो । पथरीको जनआन्दोलन चौकमा आयोजना हुने आमसभाका प्रमुख अतिथि श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङ रहनुहुने नगर अध्यक्ष धर्मेन्द्र भुजेलले जानकारी दिनुभयो ।
आमसभालाई केन्द्रीय अध्यक्ष साम्पाङसहित पार्टीका प्रवक्ता सत्य घले, सह–महासचिव समिर तामाङ लगायत नेताहरूले सम्बोधन गर्नुहुने केन्द्रीय सदस्य शान्ति पाख्रिनले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत आमसभा अघि अतिथिहरूलाई स्वागत तथा सम्मान गर्दै बुद्ध चौकमा रहेको श्रम संस्कृति पार्टीको कार्यालय उद्घाटन गरिनेछ । त्यसपछि ¥याली सहित जनआन्दोलन चौकमा आमसभा आयोजना गरिने पार्टीका कोषाध्यक्ष पर्वत चाम्लिङले जानकारी दिनुभयो ।



