कोरोनाबाट जोगिन सार्वजनिक स्थलमा सावुन पानी राख्न युवा संघको अनुरोध - Crazysaptahik.com

कोरोनाबाट जोगिन सार्वजनिक स्थलमा सावुन पानी राख्न युवा संघको अनुरोध


क्रेजी साप्ताहिक
पथरी । विश्वभर फैलिएको प्राण घातक कारोना भाइरसबाट जोगिन राष्ट्रिय युवा संघ, नेपालको पथरीशनिश्चरे नगर समितिले अनुरोध गरेका छन् ।  समितिले आज (बिहिबार) पथरीको प्रहरी कार्यालयहरु, नगरपालिका, खोरखा डिपार्टमेन्ट स्टोर, बस स्टेनहरु लगायतका सार्वजनिक स्थालहरुमा पुगेर हात धुन साबुन पानी राख्न अनुरोध गरेका हुन् ।

संघको नगर संयोजक सुमन वनेम, सहसंयोजक नवीन कार्की लगायतको टोलीमा केन्द्रीय सदस्य विजय डाँगी पनि रहेका थिए । कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई र इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरी समेत सहभागी रहेका थिए ।  भाइरसबाट बच्न संघले विभिन्न स्थानमा पर्चा तथा होडिङ बोर्डहरु समेत राख्ने जनाएको छ । यस अघि जिल्ला संयोजक नवीन पौडलेको नेतृत्वमा मास्क, सेनिटरी प्याड लगायतको समाग्रीमा कालो बजारी नगर्न व्यवसायीहरुलाई अनुरोधको कार्यक्रमहरु गरेका थिए ।

सम्बन्धित खवर