प्रेमप्रसाद भट्टराई (के.डि)
पथरी । विश्वभरनै त्रास फैलाइरहेको कोरोना भाइरसको जोखिम रोकथामका लागि नेपाल तरुण दल पथरीशनिश्चरे नगरसमितिले सचेतना अभियानको रुपमा बाल्टीन हेण्डवास तथा साबुन साबुनपानि राखेको छ । आज (सोमबार) नेपाल तरुणदल पथरीशनिश्चरेका भुपेन रानापहेलीको संयोजकत्वमा सो अभियान राखिएको हो ।
पथरीशनिश्चरे बजार र सो आसपासका मुख्य चोकहरु, ट्राफिक कार्यालय, बसपार्क तथा शनिश्चरे लगायतका ठाउँहरुमा २० थान बाल्टी, हेण्डवास लगायतका सामग्री राखिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश खड्का, नेपाली काङ्ग्रेस पथरीशनिश्चरे नगरसचिव दुर्गाप्रसाद भट्राई, युवा नेता धनकुमार तामाङ, वडा नं १० का वडाध्यक्ष सागर राई, विद्यार्थि नेता रोशन पराजुलि, सुविन पराजुलि, नबिन राई (श्री हाङ), मिलन श्रेष्ठ, रोशन मादेम्बा, सुरज राई लगायतको उपस्थिति रहेको थियो ।
नेपाल सरकारले कोरोना जोखिम न्युनिकरणका लागि २५ जना भन्दा बढी मानिस भेला हुन र कार्यक्रम गर्न रोक लगाएपछि सो कार्यलाई साथ दिँदै करिब १०/१२ जना तरुण युवाहरुको उपस्थितिमा सो कार्यक्रम गरिएको थियो । मानिसहरुको जमघट तथा आवतजावत भइरहने प्राय सबै ठाउँहरुमा सो सामग्री राख्ने योजना रहेको भएपनि बजार बन्द र अन्य समस्याका कारण आज सबै ठाउँमा राख्न नसकिएको संयोजक भुपेन रानापहेलीले जानकारी दिए । आवश्यकता अनुसार थप ठाउँमा पनि केही दिनभित्रै त्यस्ता सामग्री राखिने समेत उनले जानकारी दिए ।
अभियानमा बाल्टी राखिसकेपछि सो आसपासका ब्यक्तिहरुलाई उपस्थित गराएर कोरोनाबारे जानकारी, सतर्क रहन तथा नआत्तिन आग्रह समेत गरिएको थियो ।