पसल र उद्योग वन्द गर्न वाणिज्य संघ पथरीको आग्रह - Crazysaptahik.com

पसल र उद्योग वन्द गर्न वाणिज्य संघ पथरीको आग्रह

पथरी
कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न पथरी उद्योग बाणिज्य संघले अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्न आह्वान गरेको छ ।
पथरी उद्योग वाणिज्य सङ्घ पथरीले सोमवार एक सूचना प्रकाशित गर्दै व्यापार व्यवसाय बन्द गर्न उद्योगी व्यापारीमा आग्रह गरेको छ । कोरोनाको जोखिम कम गर्न व्यापार व्यवसाय बन्द गरेर अति आवश्यक नभए घरमै बस्न आग्रह गरेको हो । अध्यक्ष दीपक बस्नेत र महासचिव अशोक साम्पाङद्वारा हस्ताक्षरित सूचनामा कोरोनाको सङ्क्रमण नफैलियोस् भनेर सतर्क हुन समेत आग्रह गरिएको छ ।
सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरी घरमै बस्न आह्वान गरेकाले पथरीमा रहेका व्यवसायी र उपभोक्ताहरुको सुरक्षाका लागि पसल व्यवसाय बन्द गरेर घरमै बस्न आह्वान गरेको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले जानकारी दिए ।
उपरोक्त अवस्थालाई गम्भीर मध्यनजर गर्दै सरकारको अर्को निर्णय नहुञ्जेलसम्मका लागि आजकै मितिदेखि लागू हुने गरी ‘आफ्नो घर आफ्नै क्वारेन्टाइन’ को रूपमा आ आफ्नै घरमा सुरक्षित ढंगले बस्न र स्वास्थ्य सम्बन्धी संयमता अपनाउन उद्योग वाणिज्य संघले आग्रह गरेको छ । अहिलेको यो विषम परिस्थितिबाट गुज्रिन सम्बन्धित निकायले आवश्यक अन्य विषयमा पहलकदमी लिन, अनवरत् ढंगले स्वास्थ्य उपचार एवं परामर्श केन्द्र विकल्प अघि सार्न, सम्भावित खाद्य संकटको विकल्प तयार राख्न, वित्तिय कारोबार गर्ने संघसंस्था वा बैंकहरूले वसुल्ने व्याज छुट गरिदिनुहुन कार्य समितिको आज सम्पन्न आकस्मिक बैठकले माग गरेको व्यहोरा विज्ञप्तीमार्फत सार्वजनिक गरिएको छ।
ज्यालादारीबाट छाकवास चलाउने व्यक्तिका लागि भरणपोषणको विकल्प अघि सार्न पनि उद्योग वाणिज्य संघले संबंधित निकायसँग माग गरेको छ।

सम्बन्धित खवर