म्यानचेष्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित - Crazysaptahik.com

म्यानचेष्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित

प्रिमियर लिग फुटबलअन्तर्गत दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र छैटौं स्थानको लिभरपुलबीचको खेल स्थगित गरिएको छ । युनाइटेड र लिभरपुलबीचको आइतबार ओल्ड ट्राफोर्डमा हुने तय थियो ।

तर युनाइटेडका समर्थकहरु खेलअघि मैदान भित्र पसेर नाराबाजी गर्दै विरोध जनाएपछि खेल स्थगित गरिएको प्रिमियर लिगले जनाएको छ । ओल्डट्राफोर्डमा सुरक्षाको नियम तोडेपछि पुलिस, दुवै क्लब, प्रिमियर लिग र लोकल अथुरिटीहरुको संयुक्त निर्णयमा खेल स्थगित गरिएको हो ।

खेल अघि करिब दुई सय समर्थकले मैदानमा युनाइटेडका मालिक ग्लेजर परिवार विरुद्ध नारावाजी गरेको बीबीसीले जनाएको छ । कोरोना भाइरसका कारण समर्थकलाई अहिले मैदानमा प्रवेश निषेध रहेपनि समर्थकहरु ओल्डट्राफोर्डको पिचमा पुगेर नाराबाजी गरेका थिए ।

त्यसअघि समर्थकहरुले खेलाडी बसेको होटल अगाडि समेत नाराबाजी गरेका थिए । प्रिमियर लिगले खेलको अर्को मिति केही समयमा तोक्ने जनाएको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.