काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुले सर्वोच्च अदालतको १५ साउनको सुनुवाईसम्म मात्र पर्खिने बताएका छन् ।
जसपाको अधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यहरुको हेडकाउन्ट गर्ने निर्णय गरेको थियो, जसका लागि दुबै पक्ष आयोगमा पुगेको छ । सनाखतका लागि आयोग पुगेका ठाकुर पक्षका नेता जितेन्द्र सोनलले आयोगको निर्णय र सर्वोच्च अदालतले दिने फैसलाका आधारमा अगडि बढ्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतले १५ गते दुबै पक्षलाई बोलाएको छ । त्यहाँसम्म हेरौं, त्यसपछि अगाडिको बाटो तय गरौंला ।’