
चारदेशीय टी– २० शृङ्खलाको दोस्रो खेलमा आज शनिबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्र्दैछ । शृङ्खलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रँदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालको जितमा ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाउँदा बलिङमा अविनाश बोहराले तीन विकेट लिएका थिए ।
ओमानविरुद्धको ७३ रन बनाएका दीपेन्द्रले ट्वान्टी २० क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृङ्खलामा सहभागी छन् ।


