एमाले नेता महेश बस्नेतलाई मोरङ इन्चाज पौडेलको प्रश्नैप्रश्न - Crazysaptahik.com

एमाले नेता महेश बस्नेतलाई मोरङ इन्चाज पौडेलको प्रश्नैप्रश्न


मोरङ– एमाले पोलिटब्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतले पार्टी संगठन बिभाग प्रमुख खगराज अधिकारीलाई कारवाहीको माग राखी फेसबुकमा स्टाटस लेखेपछी युवा संघ केन्द्रिय सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नवीन पौडेलले आफ्नो फेसबुकमा नेता बस्नेतलाई प्रश्न गर्दै पार्टीले आफू र बस्नेतलाई कारवाही गर्नु भन्दै माग गरेका छन ।

नवीन पौडेलको स्टाटस जस्ताको त्यस्तैः–

क. महेश वस्नेत ।
“…..हिजो तपाई नहुदा पनि संगठन थियो र भोली म नहुदा पनि संगठन रहन्छ….“

१) हाम्रा जनवर्गीय संगठनहरु हाम्रो पार्टीको नीति,सिद्धान्त, विचार र कार्यक्रमको अधिनस्त रहन्छन्, हाम्रो पार्टी पनि हाम्रो देश नेपाल र सम्पूर्ण नेपालीको हितको अधिनस्त रहन्छ ।

२) जनसंगठन समन्वय संयन्त्रद्वारा पारित कार्यविधि विपरीत कुनै आदेश भएगरेको भए त्यस्तो आदेशका सम्वन्धमा उचित अनुचितको फैसला गर्ने जिम्मेवारी तपाईलाई कसले दियो? तपाईले वैठकमा र पार्टी च्यानलमा जानकारी÷ अपिल गराउनुपर्ने विषय फेसवुकमा राख्नुपर्ने क्षेत्राधिकारका विषयमा पार्टीको विधानको कुन खण्डमा उल्लेख छ?

३) राष्ट्रिय युवा संघ नेपालको सचिवालयको वैठकले गरेका निर्णयका सम्बन्धमा प्रश्न उठेपछि सो सम्बन्धमा गरेका निर्णयहरु र वैठकले दिईएका जिम्मेवारीहरुका सम्बन्धमा सम्बन्धित निकायको धारणा अगावै वैधतापुष्टि गर्ने तहमा तपाई पुग्नुलाई के अर्थमा बुझ्ने? के तपाई स्वयंले विवादित विषय उपर दिईरहनुभएको समर्थन÷विरोधले पार्टीको न्याय निरुपणको क्षेत्राधिकारलाई क्रस गरेको छैनर?

४) एमाले यस्तो पार्टी हो जो चारैतिरवाट मात्र हैन विरोधीहरुवाट सामुहिक रुपमा दशै दिशावाट आक्रमण गरिन्छ भने पनि देश र जनताका लागि सत्तिसालझै ठिङ्ग उभिन्छ, जनताको फैसलालाई शीरमा राखेर देशको उन्नति, प्रगति र जनताको कल्याण एवं समृद्धिका लागि सधै अघि वढ्छ, यस परिस्थितिमा विभागले गरेको निर्णय पार्टी हित अनुकूल ÷ प्रतिकुलको फैसला सुनाउने अधिकार कमरेडलाई कहाँबाट प्राप्त छ त???

५) धेरै समयवाट हामी हेरिरहेका छौ, राष्ट्रिय युवा संघ नेपालको विभिन्न जिम्मेवारी वाडँफाडमा अराजकताको पराकाष्ठा नाघेको दर्जनौ उदाहरणहरु छन् र ती सवै निर्णयको प्रतिरक्षामा तपाई पार्टी नेतृत्व र पार्टी ईन्चार्जको हवला दिदै च्यासलको तत्कालीन क.रमेश पौडेल विदा भईरहेको वैठकवाट ५०० सम्मको कमिटी वनाउने घोषणाका वावजुद १३५९ कमिटी वनाएर संगठनको नाम सम्म लेख्न हम्मेहम्मे हुनेहरुलाई पनि केन्द्रीय सदस्य , सचिवालय सदस्य , स्थायी कमिटी सदस्य सहित कैयन् पदहरुवाट विभूषित गरिएको प्रति तपाईं ईन्चार्ज कमरेडको के धारणा छ?

७) तपाईले केहि समय अघि हाम्रो पार्टीको आधिकारिक धारणा र नवौ महाधिवेशनले दिएको राजनीतिक विचारमा विवाद रहने गरी धर्म र संघियताका विषयमा दिएको अभिव्यक्ति पार्टीको कुन विचार श्रोतवाट जनताको प्रत्यक्ष लोकतान्त्रिक उपलब्धिका विषय विरुद्ध कहाँको अभिव्यक्ति स्वतन्त्रता भित्र पर्दथ्यो???

८) तपाईले आफ्नो एउटा अन्तर्वार्तामा भक्तपुरमा नेकपा(एमाले)को नामो निशान थिएन मैले एमालेलाई यँहासम्म ल्याईपुर्याए भन्ने तहको अभिव्यक्ति दिनुभएको छ , यसप्रकारको अभिव्यक्ति दिने तपाईमा अधिकार कहाँवाट प्राप्त छ?

९) तपाईले आफ्नो एउटा अन्तरवार्तामा श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई हिलोवाट उठाएर पुसपास सफाई गरी राजनेता कमरेड केपी शर्मा ओली वनाईयो भनेर अभिव्यक्ति दिनुभएको छ , यसको अर्थ के तपाईको क.ओली वनाउनेमा हात छ के तपाई वनाउनेमा अरु कतिको हात छ, ओली कमरेडको क. महेश वनाउन कति मासी गलेको छ , अरुको कति रगत वगेको छ हेक्का छ?
१०)२०७२ सालमा भक्तपुरमा भुकम्प जादा मोरङ झापा सुनसरीवाट करिव १०० जना युवायुवतीहरुसहित पुनर्निर्माणमा श्रमशिविर सञ्चालन गर्दा तपाईंको नेतृत्वमा क.दिपक थापा वाहेक कति जना पनि समावेश थिए हेक्का छ कमरेड ?

११) तपाई निर्वाचित भए देखि तरुण दललाई जित्ने वर्ष हामीले महाधिवेशन गर्न सकेनौ चाकडीवाज भन्दा पर गएनौ यसमा तपाईको धारणा के छ? योग्यता कस्तो रह्यो ?? जिम्मेवारी के भयो?
राजनीतिमा सपार्ने सवैलाई अधिकार हुन्छ विगार्ने कसैलाई हुन्न।
यसर्थ तपाईंको व्यक्तित्व र विचारको प्रसंसक भएकाले क.खगराज अधिकारीलाई छोटो समयवाटै मुल्यांकन गरिन्छ भने क. महेश वस्नेतलाई पनि लामो समयका वावजुद मुल्यांकन गरी उचित निर्णय पार्टीले लियोस् र मेरो यो फेसवुके हुङ्कारका लागि मलाई समेत दण्डित गरि आदरणीय पोलिटव्युरो सदस्य कमरेड महेश बस्नेतलाई र मलाई फेसवुक पार्टी कमिटी होइन भन्ने चेतनाका लागि उचित दिशानिर्देश र भुक्तानका लागि सादर अनुरोध गर्दछु ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.