
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको आइतबारको खेलमा वडा नं- २ लाई ट्राइब्रेकर ४–३ गोलको अन्तरले हराउँदै वडा नं-७ प्रतियोतिाको सेमीफाइनल प्रवेश गरेको छ ।

खेल दुबै टिम बाट निक्कै आक्रमक रहेता पनि बलले जाली चुम्न भने सकेन । निर्धारित समय सम्म दुबै टिमले गोल गर्न नसक्दा खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो। ट्राइब्रेकरमा वडा न-२ लाइ ४(३ गोल अन्तरले पराजित गर्दै वडा न ७ सेमिफाइनल प्रवेश गरेको हो।

यो सङ्गै वडा न ७ ले आउदो फाल्गुन ३ गते वडा न ५ सङ्ग दोस्रो सेमिफाइनल खेल खेल्ने छ ।खेलका म्यान अफ दि म्याच मिक्लाजुङ वडा नं-७ का जर्सी नं-२३ का गोल रक्षक युबराज तामाङ्ग घोषित भए ।भोलीको पहिलो सेमिफाइनल खेल मिक्लाजुङ वडा नं-१ र वडा नं- ९ बिच मध्यान्ह २ बजे बाट सुरु हुने खेल व्यवस्थापन उपसमितिका संयोजक मदन श्रेष्ठले बताए ।



