दोसो अभ्यास खेलमा पनि नेपाल विजयी - Crazysaptahik.com

दोसो अभ्यास खेलमा पनि नेपाल विजयी

नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि श्रीलंका नेभीविरुद्ध सहज जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई ८१ रनले पराजित गरेको हो । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ३०.५ ओभरमा ११५ रनमा अलआउट भयो ।

नेपालका पवन सर्राफले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन मात्र बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले भने उत्कृष्ट ब्याटिङ गरे । दीपेन्द्रले सर्वाधिक ६३ रन जोडे ।

यस्तै भिम शार्कीले २८, विवेक यादबले २६ र पवन सर्राफले २२ रन बनाए । यसअघि सोमबार भएको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.