क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे ६ मंगलबारेस्थित हरियाली महिला समूह मार्फत महिलाका लागि २ महिने एडभान्स गुडिया तालिम शनिबार सुरु भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन गर्दै महिलाहरु पनि उत्तिकै मात्रामा सक्षम भई आयआर्जन गरेर स्वनिर्भर वन्नु आजको आवश्यकता भएको चर्चा गर्दै सहभागिलाई उत्प्रेरित गर्नुभयो । उहाँले ग्रामिण वस्तीका महिलाहरु अझ सक्षम भएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा, वडा सदस्य जिवच्छ राई (जीवन), समाजसेवी पर्शुराम कटुवाल सहितले मन्तव्य व्यक्त गर्नुभयो । नगरपालिका कार्यालयमार्फत महिला लक्षित कार्यक्रमको ९५ हजार बजेटमा कार्यक्रम सुरु भएको हो ।