टोल स्तरीय फुटबल प्रतियोगितामा बुद्ध चौक ‘ए’ विजयी - Crazysaptahik.com

टोल स्तरीय फुटबल प्रतियोगितामा बुद्ध चौक ‘ए’ विजयी

क्रेजी संवाददाता
पथरी । संजोक चाम्लिङको ह्याट्रिकसँगै बुद्ध चौक ‘ए’ पथरी शनिश्चरे वडा नं.२ टोल स्तरीय फुटबल प्रतियोगिता २०७८ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा बुद्ध चौक ‘ए’ले बक्रे चौकलाई ०– ४ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एकतर्फी बुद्ध चौकको हावी रहेको खेलमा संजोक चाम्लिङले ३ गोल गरे भने टिम क्याप्टेन बिक्की राईले १ गोल गरे । खेलको म्यान अफ न म्याच विजेता टिमका संजोक चाम्लिङ घोषित भए ।

भोलिको पहिलो सेमिफाइनल खेल शान्ति चौक र बुद्ध चौक ‘बी’ बीच हुने आयोजकले जनाएको छ । शान्ति चौकले देविगन्जलाई स्तब्ध पार्दै विजयी भएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.