क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका ५ सिसौली अरुण टोल स्थित उर्लाबारी धिमाल टोल समितिले धिमाल ग्रामथान उद्घाटनसँगै बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नयाँ वर्षको आगमन संगै बैशाख २ गते मोरङ राजारानी धिमाल डाँडादेखि धिमाल समुदायमा जातिर÷सिरिजात सुरु भएको हो । कार्यक्रमको उद्घाटन भने उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल र उपमेयर मिना पौडेलबाट भएको थियो । यसै क्रममा मोरङको उर्लाबारी स्थित यो वर्ष नयाँ उर्लाबारी धिमाल टोल थपिएको समितिका अध्यक्ष बिनोद धिमालले जानकारी दिए । वडा नम्बर ४, ५ र ६ मा बसोवास गर्दै आएका धिमाल जातिले नयाँ थप टोल समिति निर्माणगरी प्रथम पटक बृहत कार्यक्रमको आयोजना गरिएको समितिका उपाध्यक्ष प्रताप धिमालले जानकारी दिए ।
कार्यक्रममा लामो समयदेखि फुटबल खेलमा निरन्तरता दिदै आएका उर्लाबारी ६ का फुटबल खेलाडी बिजय धिमाल र रजिन धिमाललाई सम्मान गरिएको थियो । त्यस्तै धिमाल जातिको मौलिक धिमाल नाच भने झापा अढिमहलबाट, मोरङबाट पथरीशनिश्चरे र रतुवामाई इटहराका कलाकारहरुले प्रदर्शन गरेका थिए । धिमाल समुदायको राष्ट्रिय गायक डिकबहादुर धिमाल, राजेश धिमाल, सुरेश धिमाल र हास्यकलाकार बिक्रम धिमालको बेजोड प्रस्तुति रहेको थियो भने सितोरिया कराँते उर्लाबारी डोजो जुनियर काता प्रदर्शन रहेको समितिका सचिव मानबहादुर धिमालले जानकारी दिए ।
पुर्खादेखि जोडिदै आएको धिमाल जातिको यस पर्वलाई जिवन्त राख्न सकेको साथ र सहयोग रहने र धिमाल जातिलाई पर्वको शुभकामना व्यक्त गरेका थिए वडा नम्बर ५ का युवा वडा अध्यक्ष रबिन लामा, मेयर र उपमेयरले आफ्नो भनाई राखेका थिए । यता कुराले मात्रै ठिक्क पर्ने ब्यवहारमा भने लागू नभएको, पहिलो जाति भनेर घोषणा गरियो लागू खै ?, अन्य मठमन्दिर र अन्य जातिको पर्वमा रकम छुटाइन्छ धिमाल जातिलाई खै ? जस्ता सम्बन्धित निकायलाई प्रश्न गर्दै धिमाल जाति एक जुट भएर अब माग्न जरुरी छ भन्दै समुदायलाई आग्रह गरे धिमाल जातीय बिकास केन्द्रका केन्द्रीय महासचिव मात्रिका धिमालले । थप्दै आगामी असार २ गते धिमाल परियोजना स्थल दस बिगे मंगलबारेमा धिमाल जातिको पर्व समापन हुदैछ सो एक दिन मोरङ, झापा र सुन्सरी जिल्लामा सरकारी विदा हुनुपर्ने जोड दिदै मन्त्रालय देखि स्थानिय तहमा समेत माग सहित ज्ञापन पत्र बुझाएको जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, विशिष्ट अतिथि उपमेयर मिना पौडेल, धिमाल जातीय बिकास केन्द्रका केन्द्रीय महासचिव मात्रिका धिमाल अतिथिहरुमा वडा नम्बर ५ का वडा अध्यक्ष रबिन लामा, नव निर्वाचित जनप्रतिनिधि, स्थानिय बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने उर्लाबारी धिमाल टोल समितिका अध्यक्ष बिनोद धिमालको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।