पथरीशनिश्चरेमा सहकारीका लागि कोपोमिस तालिम - Crazysaptahik.com

पथरीशनिश्चरेमा सहकारीका लागि कोपोमिस तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुको प्रवद्र्धनका लागि सञ्चालित कोपोमिस सम्बन्धी २ दिने तालिम शनिबार सम्पन्न भएको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेबाट उदुघाटित तालिमलाई जिल्ला वचत संघका कार्यक्रम संयोजक रामकुमार दहालले सहजिकरण गर्दै सहकारी सिद्धान्त तथा कोपोमिस सफ्टवेयरमा सहकारी विवरण प्रविष्ट गराउनु पर्ने विषयमा जानकारी गराउनुभयो ।

कोपोमिसमा समष्टिगत विवरण नभरेमा कर चुक्ता नहुने सहकारी विभागले जानकारी गराईसकेकाले सहकारीहरुलाई समयमै विवरण भर्न सूचित गरिएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले वताउनुभयो ।

सम्बन्धित खवर