पथरीशनिश्चरेमा साकोस गोष्ठी २०७९ हुने - Crazysaptahik.com

पथरीशनिश्चरेमा साकोस गोष्ठी २०७९ हुने

क्रेजी संवाददाता
पथरी । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको आयोजनामा साकोस गोष्ठी २०७९ हुने भएको छ ।

मोरङको पथरी शनिश्चरे २ शीन भिलेज पार्टी प्यालेसमा असार १८ र १९ गते हुने साकोस गोष्ठीमा ५ वटा कार्यपत्रहरु प्रस्तुत हुने संघले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

संघको उपाध्यक्ष बिना राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वितरित प्रेस वीज्ञप्तीमा जनाइए अनुसार कार्यक्रमको पहिलो ‘साकोस सञ्जालिकरण र प्रविधि’ शीर्षकको कार्यपत्र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का महासचिव दामोदर अधिकारीले प्रस्तुत गर्नुहुनेछ । अधिकारीले प्रस्तुत गरेको कार्यपत्र माथि जिल्ला सहकारी संघ लि. मोरङका अध्यक्ष, प्रदेश सहकारी लि. प्रदेश न. १ अध्यक्ष तथा महेन्द्र मोरङ क्याम्पसका सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेल टिप्पणी गर्नुहुनेछ ।

यसैगरी “सहकारीको नियमन र प्रवद्र्धनमा नियामक निकायको भूमिका र सवालका क्षेत्रहरु” विषयक कार्यपत्र नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले प्रस्तुत गर्नुहुनेछ । नेपाल बहुउद्दश्यीय सहकारी लि. (एनएमसि) सञ्चालक सहकारी विकास बोर्डका अध्यक्ष रामचन्द्र उप्रेतीले टिप्पणी गर्नुहुने बताइएको छ ।

यस्तै ‘संघियतामा सहकारी’ स्थानीय तहको भूमिका” शीर्षकको कार्यपत्र निर्तमान कानेपोखरी गाउपालिका अध्यक्ष तथा जिल्ला बचत संघ मोरङका पूर्व सञ्चालक ताराबहादुर काफ्ले प्रस्तुत गर्नुहुनेछ भने नि. रजिस्ट्रार प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय प्रदेश १ का हरिबहादुर खत्रीले टिप्पणी गर्नुहुने बताइएको छ ।

‘जोखिम न्यूनिकरण एवं सक्षम सहकारी विकासको आधार’ शीर्षकको कार्यपत्र राष्ट्रिय सहकारी बैंक लि. का कार्यकारी अधिकृत बद्रीनाथ गुरागाईले प्रस्तुत गर्नुहुनेछ भने महेन्द्र मोरङ क्याम्पसका प्रध्यापक डा. मोहन सुवेदीले टीप्पणी गर्नेछन ।

‘आर्थिक समृद्धिको यात्रामा नेपालको सहकारी आन्दोलन’ शीर्षकको कार्यपत्र स्नातकोत्तर क्याम्पस विराटनगर, प्रध्यापक डा. अर्जुन वरालले प्रस्तुत गर्ने कार्यपत्रलाई पूर्व सह प्रध्यापक दमक क्याम्पस तथा दमक नगरपालिकाको निर्वतमान उपप्रमुख गिता अधिकारीले टीप्पणी गर्नुहुनेछ ।

सो गोष्ठीमा सहकारीबाट प्रतिनिधित्व गर्न आउने एक जना प्रतिनिधिलाई ३ हजार रुपैयाँ, २ जना प्रतिनिधि भएमा ५ हजार र ३ जना प्रतिनिधिले सहभागी भएमा ७ हजार ५ सय शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ ।

गोष्ठीको सहप्रायोजक बन्ने सहकारी संस्थाले १५ हजार नगद प्रदान गर्नुपर्नेछ भने सहकारीलाई ३ जना प्रतिनिधिले प्रवेश पाउनेछन् । पत्रकार सम्मेलनमा संङघका सचिव एकराज निरौला कोषाध्यक्ष जीवन बस्नेतको उपस्थिति रहेको थियो भने सहकारी कर्मचारी संगठनका पथरीशनिश्चरे नगर अध्यक्ष गणेश बाछानाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

१८ गते गोष्ठीको उद्घाटन कार्यक्रममा नेफ्स्कूनको अध्यक्ष परितुष पौडयालको प्रमुख आतिथ्यमा हुनेछ भने जननिर्वाचित स्थानीय जनप्रतिनिधिहरु अतिथिको रुपमा सहभागिता रहनुहुने बताइएको छ ।

सम्बन्धित खवर