क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक सभामा वडाध्यक्ष भिमकुमार राई सम्मानित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा नं. १ का अध्यक्ष भिमकुमार राई संस्थाका शेयर सदस्य रहेकोले विहिबार वार्षिक सभामा सम्मान गरिएको हो ।
संस्थाको एक वर्षमा २ करोड ५३ लाख भन्दा बढी आय विवरण सार्वजानिक गरिएको छ । संस्थाले एक वर्षमा २ करोड ५३ लाख १५ हजार २ सय ९५ रुपैयाँ ९८ पैसा आम्दानी गरेको प्रस्तुत आय विवरणमा उल्लेख छ ।
साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार ऋण लगानीबाट ब्याज २ करोड ३ लाख ७७ हजार ६ सय ११, रेमिट्यान्स आम्दानी २३ हजार १ सय ९०, कृषि फर्मबाट १ लाख ३८ हजार ४ सय २५ लगायतको शीर्षकमा आम्दानी उल्लेख छ ।
यस्तै सहकारी संस्थामा १८ करोड ९० लाख ३९ हजार ८ सय ८५ रुपैयाँ ११ पैसा पुँजी रहेको छ । संस्थाको शेयर पुँजी ३ करोड २ लाख ९८ हजार ८०० उल्लेख छ ।
संस्थाको १ हजार ५ सय २६ शेयर सदस्य रहेको छ । यो वर्षको खुद नाफा भने ६१ लाख ६२ हजार ५४० रहेका आर्थिक विवरणमा उल्लेख छ ।
संस्थाको अध्यक्ष ओमप्रसाद लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा सचिव योगराज मिश्रले सञ्चालन गरेको थिए । कार्यक्रम राष्ट्रिय सहकारी बैंक लि. उर्लाबारी शाखा प्रमुख विनोद चुडाल, संस्थाका सल्लाहकार सुर्य श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आर्थिक प्रतिवेदन कोषाध्यक्ष चन्द्रबहादुर खड्का, लेखा समिति संयोजक बुद्धकुमार विष्टले लेखा प्रतिवेदन प्रस्तुत भएको थियो ।