क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा विहिबार राति एक वेवारिसे महिलालाई नगर उप–प्रमुखको अगुवाईमा इटहरीको माया घर नेपालमा पु¥याइएको छ ।
१६ वर्षीय सुनिता गौतम नाम गरेकी ती महिला मुख्य सडकमा जता पायो त्यतै कुदिरहेको अवस्थामा भेटिएकी थिइन् । उप–प्रमुख देविमाया काफ्लेको अगुवाईमा नगर प्रहरी लगायत स्थानीय युवाहरुको सहयोगमा बल्ल बल्ल गाडीमा हाली उनलाई इटहरी पु¥याइएको भीष्म न्यौपानेले जानकारी दिए ।
गछिया घर बताउने मानसिक सन्तुलन गुमाएकी ती महिला अहिले इटहरीको माया घर नेपालमा छिन् ।