क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १० मा दलित लक्षित कार्यक्रम उपभोक्ता समितिद्वारा निःशुल्क ब्लाङकेट वितरण कार्यक्रम गरिएको छ ।
दलित सेवा संघ पथरीशनिश्चरे वडा नं. १० को आयोजनामा मंगलबार भएको सो कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष जीवन खवितडा, विशिष्ट अतिथि वडा सदस्य मनकुमारी विश्वकर्मा, अतिथिहरु कार्यपालिका सदस्य तथा वडा सदस्य मिनाकुमारी तामाङ, वडा सदस्य वीरबहादुर बस्नेत लगायत रहनुभएको थियो ।
भुल्के सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा भएको सो कार्यक्रमको सभाध्यक्ष उर्मिला महराको रहेको थियो भने प्रायोजन पथरीशनिश्चरे वडा नं. १० रहेको थियो ।