प्रहरी हिरासतमा कांग्रेशका पूर्वसभासद् आङटावा शेर्पा कसरी भए घाइते ? - Crazysaptahik.com

प्रहरी हिरासतमा कांग्रेशका पूर्वसभासद् आङटावा शेर्पा कसरी भए घाइते ?

 

क्रेजी संम्वाददाता
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा मुछिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका पूर्वसभासद् आङटावा शेर्पा घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएका उनी घाइते भएपछि प्रहरीले वीर अस्पताल पु¥याएको छ । अस्पतालमा उनको प्रारम्भिक उपचार गराएर प्रहरीले फेरि उनलाई टेकुमा ल्याएको छ । उनको टाउकोमा ७ वटा टाँका लगाएको छोरा आङनिमा शेर्पाले अनलाइनखबरलाई बताए ।

‘बुबा भर्ना हुनुभएको थाहा पाएपछि अस्पताल गएको थिएँ, डाक्टरले औषधि ल्याउन भनेको थियो । लिएर फर्किन नपाई प्रहरीले फेरि टेकु लगेछ’, उनले भने, ‘हिजो सद्धे अवस्थामा आफैं कानुनको सम्मान गर्दै बुझ्न जानुभएको बुबालाई आज नाजुक अवस्थामा देखेँ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.