विपी स्मृतिमा नेपाली कांग्रेस उर्लाबारीद्वारा सरसफाई कार्यक्रम - Crazysaptahik.com

विपी स्मृतिमा नेपाली कांग्रेस उर्लाबारीद्वारा सरसफाई कार्यक्रम

क्रेजी संवाददाता
उर्लाबारी । नेपाली कांग्रेसका नेता विपी कोइरालाको ४१ औं स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस उर्लाबारीले बजार सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधान्मन्त्रि विशेश्वरप्रसाद कोइरालाको ४१ औ स्मृति दिवशको अवसरमा शनिबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईरहेको अवसरमा नेपाली कांग्रेस उर्लाबारी नगरसमितीको आयोजनामा उर्लाबारी–९ को दुर्गापुरी बजार सरसफाई गरी उर्लाबारीमा विपी स्मृति दिवश मनाईएको नेपाली काग्रेस उर्लाबारीका नगर सभापति सुरेन्द्र लिम्वुले बताउनुभयो ।
विपीको स्मृतिमा आयोजित कार्यक्रममा पछिल्लो समय उर्लाबारीमा बढ्दै गएको डेङगु रोगको प्रकोपलाई न्युनिकरण गर्ने ध्यका साथ आफ्नो घारवरीपरिको वताबरणलाई सफा सुग्घर रार्खौ डेङगुको प्रकोप फैलन बाट बचौ र बचाऔ भन्ने सन्देश दिन पनि कार्यक्रमको आयोजना गरीएको नगर सभापति लिम्वुले बताउनुभयो ।

नेपाली काग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोको उपस्थितीमा भएको कार्यक्रममा विपी स्मृति भवन राजघाटबाट निस्कीएको टोलीले दुर्गापुरी बजार सरसफाई गरेको थियो ।
सरसफाई कार्यक्रम पश्चात बोल्दै सहमहान्त्री फागोले विपीले प्रतिपादन गरेको सिद्धान्तमा नेपाली कांग्रेस अढिग भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.