वडा नं. ८ मा नौमती बाजा प्रशिक्षण समापन - Crazysaptahik.com

वडा नं. ८ मा नौमती बाजा प्रशिक्षण समापन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ ले ‘वडा नम्बर आठको आंकृति, जोगाऔं हाम्रो संस्कृती’ भन्ने स्लोगनका साथ विभिन्न जातजातिको परम्परागत संस्कृति संरक्षण तथा पुस्तान्तरण गर्दै आएको छ ।
वडाभित्रका महिलाहरुलाई संगठित गरी दुई महिने नेपाली मौलिक नौमती बाजा प्रशिक्षण गरी शुक्रबार बुद्ध माविका विद्यार्थीहरुलाई नौमती बाजाको विषयमा जानकारी दिदै समापन गरिएको छ ।
गत वर्ष लिम्बु जातिको केलाङ नृत्य प्रशिक्षण, थारु जातिको पोशाक वितरण गरेको थियो भने चालू आर्थिक वर्षमा राई जातिको साकेला नृत्य प्रशिक्षण सम्पन्न भइसकेको छ । परम्परागत बालन तथा संगीनि नृत्य प्रशिक्षण सुरुवात गर्ने तयारी भइरहेको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिनुभएको छ ।
आगामी शुक्रवार गत वर्ष तयारी गरेको लिम्बु जातिको केलाङ नृत्य (च्याब्रुङ) टोलीलाई अति आवश्यक सामाग्रीहरु हस्तान्तरण तथा लिम्बु जातिको संस्कृति विद्यार्थीहरुलाई प्रत्यक्ष महसुस गराउन दुर्गा आधारभूत विद्यालय शुक्रबारेमा १२ बजे उपस्थित हुनका लागि वडा अध्यक्ष कार्कीले अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.