युवा संघ नगर कमिटीद्वारा विपन्नको घर निर्माण - Crazysaptahik.com

युवा संघ नगर कमिटीद्वारा विपन्नको घर निर्माण

क्रेजी संवाददाता
पथरी । राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटीद्वारा सहयोग संकलन गरी निर्माण गरिएको विपन्नको घर हस्तान्तण गरिएको छ ।
शनिबार पथरी शनिश्चरे वडा नं. १० का विपन्न तथा असक्त दिल कुमार राई घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष क्षितिज थेबे, नेकपा एमाले केन्द्रीय सदस्य युवराज बास्कोटा, नगर अध्यक्ष रमेश दाहाल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य भक्त राई, प्रदेश कमिटी अध्यक्ष अरुण गुरुङ, जिल्ला कमिटी इञ्चार्ज मनोज राई, अध्यक्ष प्रबिण घिमिरे, नगर कमिटी अध्यक्ष उपेन्द्र मादेन लगायत संगठन तथा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सो घर हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.