विद्यालयको भवन शिलान्यास - Crazysaptahik.com

विद्यालयको भवन शिलान्यास

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले चन्द्र किरातेश्वर माविको ४ कोठे पक्की नयाँ भवन निर्माणका लागि विधिवत रुपमा शिलान्यास गर्नुभएको छ ।
सोमबार वडा नं. ७ किरात चौकमा अवस्थित चन्द्र किरातेश्वर माविको ४ कोठे पक्की भवन निर्माणका लागि विधिवत रुपमा शिलान्यास गरिएको हो ।
सो शिलान्यास कार्यक्रममा नगर उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, निवर्तमान वडाध्यक्ष कपिलमणि ढकाल लगायतको उपस्थिति रहेको थियो ।
सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई (मधेश समृद्धि कार्यक्रम मार्फत् विनियोजन भएको २५ लाख रुपैयाँ बराबरको बजेटबाट सो भवन निर्माण हुने चन्द्र किरॉतेश्वर माविका व्यवस्थापन समितिका अध्यक्ष काशीहाङ राईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.