जिल्ला अधिवशेनका लागि पथरी शनिश्चरे नगरबाट प्रतिनिधि चयन - Crazysaptahik.com

जिल्ला अधिवशेनका लागि पथरी शनिश्चरे नगरबाट प्रतिनिधि चयन

क्रेजी संवाददाता
पथरीशनिश्चरे । नेकपा (एमाले) मोरङ जिल्लाको ११ औं अधिवेशनको लागि पथरी शनिश्चरे नगरपालिकाबाट प्रतिनिधि चयन गरिएको छ । शनिबार नगरको १० वटै वडाबाट प्रतिनिधि चयन गरिएको हो ।
वडा नं. १ बाट भीमकुमार राई, धनकुमार तामाङ, बाबुराम ऐङदेन लिम्बु, जयराम विष्ट, दुर्गादेवी दंगाल सुवेदी, विश्वमणि निरौला, कुलमणि गुरुङ, कृष्णप्रसाद भट्टराई, मणि लुम्फुवा लिम्बु, रोमान्सी धिमाल, देवी राई, गणेश श्रेष्ठ र अनिता थापा चयन भएका छन् ।
वडा नं. २ बाट नैना राई, पार्थबहादुर बुढाथोकी, पर्शुराम न्यौपाने, गोमा दाहाल निरौला, निर्मला चाम्लिङ राई, हर्क राई, यामप्रसाद गुरागाइँ र निता राई, वडा नं. ३ बाट गणेश बाछाना, यमनाथ बराल, अर्जुन काफ्ले, यादव कोइराला, भीम भेटवाल र धनमति योङहाङ लिम्बु चयन भएका छन् ।
वडा नं. ४ बाट वीरबहादुर बस्नेत, मिना विश्वकर्मा र डिल्लीप्रसाद पोखरेल वडा नं. ५ बाट महेन्द्र विष्ट र दिलबहादुर मगर, वडा नं. ६ बाट पदम धिमाल, निर्मल कटुवाल, मिश्रादेवी तामाङ, राजेशप्रसाद गुप्ता र राम गुरुङ चयन भएका हुन् ।
यसैगरी वडा नं. ७ बाट रमेश दाहाल, काशिहाङ राई, कपिलमणि ढकाल र कुमारी रोक्का, वडा नं. ८ बाट नवीन कार्की, प्रकाश कार्की र ज्ञानबहादुर विश्वकर्मा, वडा नं. ९ बाट चन्द्रकला कार्की, चन्द्रकान्त भट्टराई, फनिन्द्र कार्की, भ्वन धिमाल, नम्रता पराजुली, खरिन्द्र धिमाल र इश्वर दुलाल चयन भएका छन् । यस्तै वडा नं. १० बाट जीवन खतिवडा, अनोज घिमिरे, देवीमाया थापा, भगतचन्द्र थपलिया र मिना योञ्जन तामाङ प्रतिनिधिमा चयन भएको पार्टीका नगर इन्चार्ज दिलिप कुमार राई (किशोर)ले जानकारी दिनुभयो ।

सम्बन्धित खवर